ad ad

ग्लोबल


चेन्नईमा ११ दिनदेखि आन्दोलनमा छन् सामसङका १५०० कर्मचारी

चेन्नईमा ११ दिनदेखि आन्दोलनमा छन् सामसङका १५०० कर्मचारी

चेन्नईमा प्रदर्शन गर्दै सामसङका कर्मचारी


नेपालखबर
असोज ३, २०८१ बिहिबार १४:३३, काठमाडौँ

११ दिनदेखि विरोध प्रदर्शन गरिरहेका छन्। जसका कारण कम्पनीको उत्पादनमा ठूलो गिरावट आएको छ।

कर्मचारीहरूले सामसङले आफ्नो नवगठित श्रमिक युनियन इन्डियन लेबर वेलफेयर युनियन (एसआईएलडब्ल्यूयू) लाई मान्यता दिनुपर्ने माग गरिरहेका छन्।

यस युनियनमार्फत कम्पनी व्यवस्थापनसँग राम्रो ज्याला र काम गर्ने समयका लागि वार्ता गर्न सकिने कर्मचारीले बताएका छन्। 

चेन्नईमा रहेको सामसङ प्लान्टमा करिब दुई हजार कर्मचारी काम गर्छन्, जहाँ घरमा प्रयोग हुने उपकरण बनाइन्छ।

बीबीसी हिन्दीका अनुसार सामसङले भारतबाट हरेक वर्ष १२ करोड डलर कमाउँछ र यो कमाइको करिब एकतिहाइ चेन्नई प्लान्टबाट आउँछ।

सामसङ इन्डियाले विज्ञप्ति जारी गर्दै कर्मचारीको हितलाई कम्पनीको प्राथमिकतामा राखेको जनाएको छ। उसले भनेको छ– हामीले चेन्नई प्लान्टमा आन्दोलनरत कर्मचारीहरूसँग वार्ता सुरु गरेका छौँ। कर्मचारीका सबै समस्या छिट्टै समाधान गर्छौं।’

बिनाअनुमति र्‍याली निकाल्ने १०४ कर्मचारीलाई प्रहरीले नियन्त्रणमा पनि लिएको थियो। तर, पछि रिहा गरियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .