ad ad

खेल


मुहार फेरिरहेको त्रिवि क्रिकेट मैदान (भिडिओ/तस्बिर)

चौका र छक्का प्रहार गर्न अब झन् धेरै मेहनत गर्नुपर्नेछ
मुहार फेरिरहेको त्रिवि क्रिकेट मैदान (भिडिओ/तस्बिर)

क्यानले त्रिवि क्रेकेट मैदानको बाउन्ड्री समेत बढाएको छ (भिडिओ/तस्बिर: सरोज नेपाल)


सरोज नेपाल
असोज ६, २०८१ आइतबार ९:२४, काठमाडौँ

गत जेठदेखि घरेलु मैदानमा क्रिकेटका कुनै ठुला खेलहरु भएका छैनन्। खेलहरु नहुँदा कीर्तिपुरको त्रिवि क्रिकेट मैदानले दिन प्रतिदिन स्वरुप फेरिरहेको छ। 

त्रिवि क्रिकेट मैदानमा खेलहरु नभएको समयलाई नेपाल क्रिकेट संघ (क्यान) ले भरपुर उपयोग गरिरहेका छन्। अर्थात क्रिकेट मैदानको स्तरोन्नतीको काम भैरहेको छ। क्यान, राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालय मिलेर क्रिकेट मैदानको मुहार फेर्दैछन्।

यो मुहार फेरिएपछि पहिलो पटक खेलाडी र समर्थकलले आगामी नोभेम्बरमा नेपाल प्रिमियर लिग नयाँ पिच र नयाँ मैदानमा खेल्न र हेर्न पाउनेछन्। 

अहिले डिजिटल बोर्डका लागि नयाँ भवन बन्दैछ। क्यानले मैदानको बाउन्ड्री समेत बढाएको छ। यसका कारण खेलाडीले अब चौका र छक्का प्रहार गर्न अझै धेरै मेहनत गर्नुपर्नेछ। 

भिडिओ :

स्क्रीनलाई समेत परिवर्तन गर्ने तयारीमा क्यान लागिपरेको छ। समर्थकका लागि फ्यान जोन छुट्टाइएको छ। जसका कारण समर्थकले अब आफुलाई मनपर्ने ठाउँ रोजेर टिकट काट्न सक्नेछन्। 

पिचमा खेलेको अनुभव दिलाउन नेट अभ्यास गर्नका लागि चार वटा स्थान तयार पारिएको छ। मैदानको पिचको माटो परिवर्तन गर्दै नयाँ पिच समेत बनेको छ। यसका लागि दुई महिना खर्च भएको छ। 

त्रिवि मैदानको सबै काम एकै पटक सुरु नगरिकन क्यानले एक पछि अर्को गर्दै कामलाई अघि बढाएको छ। यसको उदेश्य सबै काम एकै पटक सुरु गरेर अलपत्र हुुनुभन्दा सक्नुपनि रहेको छ। सन् २०२५ सम्म नेपाललाई टेष्ट राष्ट्र बनाउने लक्ष्यमा क्यान रहेको छ। त्यसका लागि खेलाडीसँगै पूर्वाधारमा पनि क्यानले खर्च गरिरहेको छ।

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .