ad ad

ग्लोबल


इजरायलले लेबनानमा फेरि गर्‍यो आक्रमण, कम्तीमा ५१ जनाको मृत्यु

इजरायलले लेबनानमा फेरि गर्‍यो आक्रमण, कम्तीमा ५१ जनाको मृत्यु

लेबनानको राजधानी बेरुत जोड्ने राजमार्गमा इजरायली हवाई आक्रमणपछिको दृश्य


नेपालखबर
असोज ९, २०८१ बुधबार २१:३६, काठमाडौँ

इजरायलले बुधबार फेरि लेबनानमा आक्रमण गरेको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस हमलामा कम्तीमा ५१ जनाको मृत्यु भएको छ भने २२० भन्दा बढी घाइते भएका छन्। 

इजरायली रक्षा बलले बुधबार आफ्ना लडाकु विमानहरूले हिजबुल्लाहका करिब २८० स्थानहरूलाई निशाना बनाएको बताएको छ।

यसमा बिहान उत्तरी इजरायलमा हमला गरिएका क्षेत्र पनि पर्ने इजरायली सेनाले जनाएको छ। 

आईडीएफका अनुसार त्यहाँ हतियार भण्डार गरिएको थियो र सैन्य पूर्वाधार पनि निर्माण गरिएको थियो।

यसअघि संयुक्त राष्ट्रसंघले सोमबारयता लेबनानबाट ९० हजारभन्दा बढी मानिस विस्थापित भएको बताएको थियो। साथै अक्टोबर २०२३ देखि लेबनानमा १ लाखभन्दा बढी मानिस विस्थापित भइसकेका छन्।

यसअघि सोमबार इजरायलले लेबनानमा हवाई हमला गरेको थियो जसमा ५५० जनाको मृत्यु भएको थियो। सन् १९९० मा गृहयुद्ध समाप्त भएपछि लेबनानमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो घटना हो।

यो आक्रमण हुनुअघि लेबनानका मानिसहरूलाई एसएमएस, फोन कल र रेडियो सन्देशमार्फत क्षेत्र खाली गर्न चेतावनी दिइएको थियो। त्यसपछि बमबारी सुरु भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .