ad ad

ग्लोबल


जम्मु-कस्मिर विधानसभा चुनावः आज दोस्रो चरणको मतदान

जम्मु-कस्मिर विधानसभा चुनावः आज दोस्रो चरणको मतदान

नेपालखबर
असोज ९, २०८१ बुधबार ८:१०, काठमाडौँ

जम्मु-कस्मिर विधानसभा चुनावअन्तर्गत आज (बुधबार) दोस्रो चरणको मतदान भइरहेको छ।

निर्वाचन आयोगका अनुसार दोस्रो चरण मतदान २६ सिटका लागि भइरहेको हो। मतदानका लागि ३ हजार ५ सय मतदान केन्द्र बनाइएका छन्।

यस चरणमा राजौरी, पुन्च, रियासी, गन्दरबल, श्रीनगर र बडगाम जिल्लाका विधानसभा क्षेत्रमा २३९ उम्मेदवार चुनावी मैदानमा छन्।

यी सिटमा २५.७८ लाख मतदाता छन्। जसमध्ये १३.१२ लाख पुरुष र १२.६५ लाख महिला मतदाता छन्। ५३ जना तेस्रोलिङ्गी मतदाता छन्।

मतदानलाई ध्यानमा राख्दै सम्पूर्ण जम्मु-कस्मिर र पिर पञ्जाल उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रचारप्रसारको समय सकिनुअघि सोमबार नेसनल कन्फ्रेन्स, प्रोग्रेसिब डेमोक्र्याटिक पार्टी र अवामी इत्तेहाद पार्टीले र्‍याली गरेका थिए।

उमर अब्दुल्ला र भाजपा प्रमुख रैनाको सिटमा मतदान 

जम्मु-कस्मिर नेसनल कन्फ्रेन्सका उपाध्यक्ष उमर अब्दुल्ला, जम्मु-कस्मिर कंग्रेस प्रमुख तारिक हमिद र कारा तथता भाजपा जम्मु-कस्मिर प्रमुख रवीन्द्र रैनाको सीटमा मतदान हुँदै छ।

उममर अब्दुल्ला गान्दरबल र बडगामबाट चुनाव लडिरहेका छन् भने कारा सेन्ट्रल साल्टेङबाट चुनाव लडिरहेका छन्। रैना राजौरीको नौसेरा सिटबाट चुनाव लड्दै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .