ad ad

ग्लोबल


इजरायली सेनाको दाबी- हामीले हिजबुल्लाहको ‘हेटक्वाटर’मै हमला गर्‍यौँ

इजरायली सेनाको दाबी- हामीले हिजबुल्लाहको ‘हेटक्वाटर’मै हमला गर्‍यौँ

घटनास्थल


नेपालखबर
असोज १२, २०८१ शनिबार ६:४२, काठमाडौँ

इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालय (हेटक्वाटर) मा आक्रमण गरेको दाबी गरेको छ।

आक्रमणपछि इजरायली मिडियामा यो हमलाको निशाना हिजबुल्लाह नेता हसन नसरल्लाह भएको दाबी गरिएको छ।

तर हिजबुल्लाह स्रोतले एएफपी, रोयटर्स तथा लेबनान र इरानका स्थानीय मिडियालगायत विभिन्न समाचार एजेन्सीलाई नसरल्लाह जीवित र सुरक्षित रहेको दाबी गरेका छन्।

तर, अहिलेसम्म न इजरायलले यो हमलाको निशाना नसरल्लाह भएको बताएको छ न त हिजबुल्लाहले नसरल्लाहबारे कुनै आधिकारिक जानकारी दिएको छ।

आईडीएफले हिज्बुल्लाहको मुख्यालय सहरको दक्षिणमा रहेको दहियाहमा "आवासीय भवनहरू मुनि" रहेको बताएको छ।

इजरायली सेनाले मुख्यालयमा ‘सटिक आक्रमण’ गरेको बताएको छ।

‘मुख्यालय जानाजानी आवासीय भवनहरूमुनि बनाइएको थियो’, आईडीएफ प्रवक्ता एडमिरल डेनियल हगारीले भने, ‘यो लेबनानका जनतालाई 'मानव ढाल'का रूपमा प्रयोग गर्ने हिज्बुल्लाहको रणनीतिको एक हिस्सा हो।’

इजरायली सेनाको आक्रमणपछि बेरुतमा धुवाँको मुस्लो देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .