ad ad

ग्लोबल


इजरायलमा मिसाइल आक्रमणपछि इरानमा हिजबुल्लाह नेताको तस्बिर बोकेर खुसियाली

इजरायलमा मिसाइल आक्रमणपछि इरानमा हिजबुल्लाह नेताको तस्बिर बोकेर खुसियाली

इजरायलमा हमलापछि इरानमा खुसियाली मनाइँदै


नेपालखबर
असोज १६, २०८१ बुधबार १०:२०, काठमाडौँ

इजरायलमा इरानले मिसाइल हमला गरेपछि इरानको राजधानी तेहरानका सडकमा मानिसहरू खुसी मनाएको देखिएका छन्।

बेलायती दूतावासबाहिर पनि केही मानिस भेला भएर मानिसहरूले उत्सव मनाएको बीबीसीको समाचार उल्लेख छ। 

यस क्रममा धेरै मानिसका हातमा हिजबुल्लाह नेता नसरल्लाहको फोटो पनि देखियो। कतिपयले पटाका समेत जलाए।

हसन नसरल्लाह केही दिन अघि इजरायली आक्रमणमा मारिएका थिए।

यसैबीच, इरान र इजरायलका राजदूतहरूले संयुक्त राष्ट्र संघमा आफ्नो धारणा चर्को स्वरमा राखेका छन्।

संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूतले इजरायलको थप कारबाहीको उचित जवाफ दिइने चेतावनी दिएका छन्।

यसैबीच इरानले इजरायलमा मिसाइल आक्रमण गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बदला लिने बताएका छन्।

उनले भने- इरानले आज ठूलो गल्ती गरेको छ र त्यसको मूल्य चुकाउनुपर्नेछ।

मन्त्रिपरिषद् बैठकमा इजरायली प्रधानमन्त्री नेतान्याहुले भने- हामी हाम्रो नियममा अडिग रहनेछौँ। जसले हामीलाई आक्रमण गर्छ, हामी उसलाई आक्रमण गर्नेछौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .