ad ad

ग्लोबल


अमेरिकी सेनालाई बाइडेनको आदेश- इरानी आक्रमणबाट इजरायललाई जोगाऊ

अमेरिकी सेनालाई बाइडेनको आदेश- इरानी आक्रमणबाट इजरायललाई जोगाऊ

नेपालखबर
असोज १६, २०८१ बुधबार ८:२२, काठमाडौँ

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेनालाई इजरायललाई सहयोग गर्न आदेश दिएका छन्।

बाइडेनले सेनालाई इरानी आक्रमणबाट जोगाउन र इजरायलतर्फ प्रहार गरिएका मिसाइलहरू खसाल्न निर्देशन दिएका छन्।

ह्वाइट हाउसले राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले इरानले गरेको आक्रमणको निगरानी गरिरहेको जानकारी दिएको छ।

यसैबीच इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले इजरायल जवाफी कारबाही गर्न तयार रहेको तर स्थितिको समीक्षा भइरहेको बताएका छन्।

एक अमेरिकी अधिकारीले अमेरिकामा रहेको बीबीसीसँग सम्बद्ध सीबीएसलाई भनेका छन्- अमेरिकाले केही इरानी मिसाइल खसालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .