ad ad

ग्लोबल


हिजबुल्लाहको दाबी- लेबनान घुसिरहेका इजरायली सेनालाई पछि हट्न बाध्य पार्‍यौँ

हिजबुल्लाहको दाबी- लेबनान घुसिरहेका इजरायली सेनालाई पछि हट्न बाध्य पार्‍यौँ

हिजबुल्लाहले इजरायली सेनालाई लेबनान पस्नबाट रोकेको दाबी गरेको छ।


नेपालखबर
असोज १६, २०८१ बुधबार ११:४८, काठमाडौँ

लेबनानमा रहेको इरान समर्थित समूह हिजबुल्लाहले लेबनानमा इजरायली सेनाको भूमि घुसपैठलाई असफल बनाएको दाबी गरेको छ।

बुधबार बिहान विज्ञप्ति जारी गरी हिजबुल्लाहले इजरायली सेनासँग झडप भएको उल्लेख गरेको छ।

इजरायली सैनिक अदाइसेह सहरमा प्रवेश गरिरहेका बेला हमला गरी रोकिएको हिजबुल्लाहको दाबी छ। 

विज्ञप्तिमा भनिएको छ- हिजबुल्लाह लडाकुहरू इजरायली सेनासँग भिडे, क्षति पुर्‍याए र उनीहरूलाई पछि हट्न बाध्य पारे।

इजरायलले अहिलेसम्म हिजबुल्लाहको दाबीमा कुनै प्रतिक्रिया दिएको छैन।

यसअघि इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले लेबनानको भूमिमा सैन्य कारबाही गर्ने घोषणा गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .