ad ad

ग्लोबल


हमासले हान्यो इजरायलमा रकेट, तेल अभिभमा २ इजरायली महिला घाइते

हमासले हान्यो इजरायलमा रकेट, तेल अभिभमा २ इजरायली महिला घाइते

नेपालखबर
असोज २१, २०८१ सोमबार १९:१७, काठमाडौँ

गत वर्ष इजरायलमा भएको आक्रमणको वार्षिकोत्सवमा हमासले सोमबार (अक्टोबर ७ तारिख) इजरायलमा रकेट प्रहार गरेको छ। 

तेल अभिभमा गरिएको रकेट आक्रमणमा दुई इजरायली नागरिक घाइते भएका छन्। दुवै महिला हुन्।

इजरायली रक्षा बल (आईडीएफ) ले गाजाको खान युनिसबाट तेल अभिभमा पाँचवटा रकेट प्रहार गरेको जनाएको छ।

यसबाहेक दक्षिणी गाजाबाट चार रकेट प्रहार गरिएको र तीमध्ये तीनवटालाई रोकिएको बीबीसीले जनाएको छ। 

इजरायली सेनाले लेबनान र गाजामा हिजबुल्लाह र हमासको स्थानमा आक्रमण गरिरहेको बताएको छ।

यसैबीच, अक्टोबर ७ को वार्षिकोत्सवमा हिजबुल्लाहले उत्तरी इजरायलमा मिसाइल प्रहार गरेको छ। जसमा परी १० जना घाइते भएका छन्। 

इजरायली सेनाले आक्रमणपछि उत्तरी गाजाका मानिसहरूलाई क्षेत्र खाली गर्न चेतावनी दिएको छ।

एक दिन अघि आइतबार गाजाको मस्जिद र विद्यालयमा इजरायली आक्रमणमा २६ प्यालेस्टाइनीको मृत्यु भएको थियो।

गत वर्ष अक्टोबर ७ मा हमास र इजरायलबीच युद्ध सुरु भएको आज सोमबार एक वर्ष पूरा भएको छ। जवाफमा इजरायलले गाजामा त्यसयता सैन्य कारबाही गरिरहेको छ।

हमासले गत वर्ष अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्दा १२ सय मानिसको मृत्यु भएको थियो भने गाजापट्टीमा २५१ जनालाई बन्धक बनाइएको थियो।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको सैन्य कारबाहीमा हालसम्म ४२,००० मानिसले ज्यान गुमाएका छन्, जसमध्ये अधिकांश बालबालिका र महिला छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .