ad ad

ग्लोबल


माल्दिभ्सका राष्ट्रपति दिल्लीमा, सम्बन्ध सुधार भएको हो?

माल्दिभ्सका राष्ट्रपति दिल्लीमा, सम्बन्ध सुधार भएको हो?

नेपालखबर
असोज २०, २०८१ आइतबार १९:५८,

पहिलो द्विपक्षीय भ्रमणका लागि माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइजु भारत पुगेका छन्। उनी पाँच दिने भ्रमणका लागि नयाँ दिल्ली ओर्लेका हुन्।

उनले भारतीय द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य अधिकारीहरूलाई भेट्ने छन्।

उनलाई विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंहले स्वागत गरे। 

यसअघि मोदीको शपथग्रहण समारोहमा पनि उनले दिल्ली भ्रमण गरेका थिए। तर, त्यो उनको द्विपक्षीय भ्रमण थिएन।

माल्दिभ्सका राष्ट्रपतिहरूले पहिलो विदेश भ्रमण भारतमा गर्ने प्रचलन थियो। जसलाई मुइजुले तोडेका थिए। राष्ट्रपति भएपछि उनले टर्की र त्यसपछि चीनको भ्रमण गरेका थिए।

‘इन्डिया आउट’ नारा दिएर चुनाव जितेका उनको सरकारले चालेको कयौँ कदमबाट भारत क्रुद्ध बनेको थियो। चुनाव जितेलगत्तै उनले देशबाट भारतीय सेना हटाउने बताएका थिए। पद सम्हालेपछि उनले त्यो काम पनि गरे।

जसका कारण भारतसँग माल्दिभ्सको सम्बन्ध तिक्त बनेको विश्लेषणा गरिँदै आएको थियो। तर, पछिल्लो समय उनले भारतप्रति नरम अभिव्यक्ति दिन थालेका थिए।

हालै उनले भारत मालदिभ्सका सबैभन्दा निकटमध्येको एक मित्र भएको भन्दै वित्तीय सहयोगका लागि धन्यवाद दिएका थिए। 

भ्रमणमा भारतसँग उनले थप सहयोग माग्न सक्ने अड्कल काटिएको छ। 

यसलाई उनीहरूको सम्बन्धमा आएको बदलावका रूपमा हेरिएको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .