ad ad

ग्लोबल


‘इरान इजरायलको जस्तोसुकै आक्रमणको जवाफ दिन तयार’

‘इरान इजरायलको जस्तोसुकै आक्रमणको जवाफ दिन तयार’

फाइल तस्बिर


नेपालखबर
असोज २०, २०८१ आइतबार २०:५९, तेहरान

इरानले सम्भावित इजरायली आक्रमणको जवाफ दिने योजना तयार पारेको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ।

‘इजरायलद्वारा सम्भावित आक्रमणको आवश्यक प्रतिक्रियात्मक योजना पूर्ण रूपमा तयार गरिएको छ’, सशस्त्र सेनाको सूचना उद्धृत गर्दै तस्निम समाचार एजेन्सीले जनाएको छ।

इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजिसी) ले मंगलबार तेहरानसँग सम्बद्ध समूहका नेताहरू आक्रमणमा मारिएको प्रतिशोधमा इजरायलमा करिब २०० वटा मिसाइल आक्रमण गरेको थियो।

‘यदि इजरायलले आक्रमण गर्‍यो भने इरानले प्रतिआक्रमण गर्नेछ भन्नेमा कुनै शंका छैन’, तस्निमले जनायो।

बेरुतमा इजरायली हवाई आक्रमणमा हिजबुल्लाह प्रमुख हसन नसरल्लाह र आईआरजिसीका शीर्ष जनरल अब्बास निलफोरोसन हत्याको बदलामा मंगलबार इरानले इजरायलमाथि दोस्रो प्रत्यक्ष मिसाइल आक्रमण गरेको हो।

विदेशमन्त्री अब्बास अराघचीले शनिबार इजरायली आक्रमणको बदलामा इरानले आनुपातिक वा अझै कडा प्रतिक्रिया दिनसक्ने चेतावनी दिएका थिए। 

इरानको तेल सुविधा जस्ता महत्त्वपूर्ण स्थललाई लक्ष्य गर्ने सम्भावित इजरायली हवाई आक्रमणको चिन्ताका बीच इरानका तेलमन्त्री मोहसेन पाकनेजादले आइतबार खार्ग टापुमा रहेको एउटा तेल सुविधाको भ्रमण गरेका छन्। 

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजरायललाई विश्वका १० सबैभन्दा ठूलो तेल उत्पादकमध्ये एक इरानको तेल साइटलाई लक्षित आक्रमण नगर्न सल्लाह दिएका छन्। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .