ग्लोबल


भारतको छत्तीसगढ सरकारले हरेक विवाहित महिलालाई दिन थाल्यो मासिक १००० रुपैयाँ

भारतको छत्तीसगढ सरकारले हरेक विवाहित महिलालाई दिन थाल्यो मासिक १००० रुपैयाँ

नेपालखबर
फागुन २७, २०८० आइतबार १५:१७, काठमाडौँ

भारतको छत्तीसगढ राज्य सरकारले आफ्नो राज्यका हरेक विवाहित महिलालाई मासिक हजार रुपैयाँ (भारु) दिने ‘महतारी वन्दन योजना’आइतबार सुरु गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भिडिओ कन्फरेन्समार्फत यो योजना शुभारम्भ गरेका हुन्। 

बीबीसी हिन्दीका अनुसार सरकारले योजनाको पहिलो किस्ताका रूपमा राज्यका ७० लाख १२ हजार महिलाको खातामा ६५५.५७ करोड रुपैयाँ जम्मा गर्ने दाबी गरेको छ।

प्रदेशका अर्थमन्त्री ओपी चौधरी र महिला तथा बाल विकास मन्त्री लक्ष्मी राजवाडेले पत्रकारसँग कुरा गर्दै निर्वाचनअघि महिलासँग उक्त वाचा गरेको बताए। 

यो योजना विधानसभा चुनावमा ‘गेम चेन्जर’ बनेको थियो। तीन महिनाअघि भएको विधानसभा चुनावमा भाजपाको जितको सबैभन्दा ठूलो कारण ‘महातारी वन्दन योजना’ मानिएको थियो।

महिलालाई मासिक एक हजार रुपैयाँ दिने घोषणासँगै भारतीय जनता पार्टीले हरेक गाउँमा महिलालाई फारम भराउन थालेको थियो। 

यसपछि कांग्रेसका नेताहरूले तत्कालीन मुख्यमन्त्री भूपेश बघेललाई पनि महिलालाई हरेक महिना नगद दिन दबाब दिएका थिए। तर भूपेश बघेल यसका लागि तयार थिएनन्।

महिलालाई हरेक महिना नगद दिने योजनालाई कांग्रेसको केन्द्रीय नेतृत्वले पनि स्वीकृति दिएको कांग्रेस नेताहरूको दाबी छ।

तर भूपेश बघेलले मतदान हुनुभन्दा चार दिनअघि मात्र यो घोषणा गरेका थिए। ढिलो भएको घोषणा पनि सार्वजनिक हुन सकेन। 

ग्रामीण इलाकाका महिलाहरूले भाजपालाई एकतर्फी मतदान गरे, जुन राज्यमा भूपेश बघेलको सरकार बिदा हुनुको कारण बनेको राजनीतिक वृत्तमा विश्वास गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .