ad ad

ग्लोबल


जसलाई शपथमा बोलाइएन, उनले पनि बधाई दिए मोदीलाई

जसलाई शपथमा बोलाइएन, उनले पनि बधाई दिए मोदीलाई

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफ।


नेपालखबर
जेठ २८, २०८१ सोमबार २१:५, काठमाडौँ

पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ र उनका दाइ तथा पूर्वप्रधानमन्त्री नवाज शरिफले तेस्रो कार्यकालका लागि पनि भारतको प्रधानमन्त्रीमा निर्वाचित नरेन्द्र मोदीलाई बधाई दिएका छन्।

पाकिस्तानी प्रधानमन्त्री शाहबाजले एक्समा लेखेका छन्, ‘भारतको प्रधानमन्त्रीको रूपमा शपथ लिनुभएकोमा नरेन्द्र मोदीलाई बधाई।’

आइतबार शपथ खाएको मोदीको ७२ सदस्यीय मन्त्रिपरिषद्‌मा ३० क्याबिनेट मन्त्री र ४१ राज्यमन्त्री छन्। 

आइतबार साँझ दिल्लीमा आयोजिति शपथ समारोहमा श्रीलंका र माल्दिभ्सका राष्ट्रपति, मौरिसस, बंगलादेश, नेपाल र भुटानका प्रधानमन्त्री र सेशेल्सका उपराष्ट्रपति सहभागी भएका थिए। तर पाकिस्तान र चीनलाई बोलाइएन। 

तर पनि पाकिस्तानका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री दुवैले मोदीलाई बधाई दिएका हुन्। 

फाइल तस्बिर : पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी।

पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरिफले एक्समा लेखेका छन्, ‘तेस्रो कार्यकालको लागि पदभार ग्रहण गरेकोमा मोदीजीलाई मेरो हार्दिक बधाई छ। भर्खरैको चुनावमा तपाईंको पार्टीको सफलताले तपाईंको नेतृत्वमा जनताको विश्वास झल्काउँछ। घृणाको सट्टा आशालाई अपनाएर दक्षिण एसियाका दुई अर्ब जनताको भाग्यलाई आकार दिन प्रयोग गर्नुहोला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .