बेलायतको लेबर पार्टीका नेता कियर स्टार्मरले आफूलाई मत नदिनेहरूका लागि पनि काम गर्ने बताएका छन्।
उनले भने, ‘म सबैको हितमा काम गर्छु।’
‘म तपाईंको लागि बोल्छु’, स्टार्मरले मतदाताहरूलाई भने, ‘हरेक दिन तपाईंका लागि लड्नेछु। परिवर्तनको लागि तयार छु।’
अब परिवर्तनको सुरुवात हुने दाबी गर्दै उनले थपे, ‘यो तपाईंको लोकतन्त्र हो। तपाईंको समुदाय र तपाईंको भविष्य हो। तपाईंले भोट गर्नुभयो र अब परिणाम दिने पालो हाम्रो।’
विपक्षी नेता बन्नुअघि, कियर स्टार्मरले २००८ र २०१३ बीच इङल्यान्ड र वेल्समा वकिलका रूपमा काम गरे।
६१ वर्षीय कियर स्टार्मर चार वर्षदेखि विपक्षी दलको नेता छन् र आफ्नो लेबर पार्टीलाई वाम झुकावबाट राजनीतिक रूपमा केन्द्रवादी बाटोतर्फ लैजाने श्रेय उनलाई दिइन्छ।
144
Shares
प्रतिक्रिया