ad ad

ग्लोबल


इरानको राष्ट्रपतिमा सुधारवादी नेता मसुद पेजेस्कियान विजयी

इरानको राष्ट्रपतिमा सुधारवादी नेता मसुद पेजेस्कियान विजयी

इरानका नवनिर्वाचित राष्ट्रपति मसुद पेजेस्कियान


नेपालखबर
असार २२, २०८१ शनिबार १२:१४, काठमाडौँ

इरानको राष्ट्रपतीय निर्वाचनमा सुधारवादी नेता मसुद पेजेस्कियान विजयी भएका छन्। उनले कट्टरपन्थी नेता सइद जलिलीलाई हराएका हुन्। 

चुनावी नतिजाअनुसार हालसम्म गणना गरिएको तीन करोड मतमध्ये डा. मसुद पेजेस्कियानले ५३.३ प्रतिशत मत प्राप्त गरेका छन् भने जलिलीले ४४.३ प्रतिशत मत प्राप्त गरेका छन्।

जुन २८ तारिखमा भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत पाउन सकेनन्। त्यस समयमा इरानमा अहिलेसम्मकै सबैभन्दा कम मतदान प्रतिशत ४० प्रतिशत थियो।

त्यसपछि पुन: गरिएको मतदानमा पेजेस्कियान विजयी भएका हुन्। 

इरानका तत्कालीन राष्ट्रपति इब्राहिम रायसीको गत मे महिनामा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो।

उनी पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटन गरेर फर्कंदै गर्दा हेलिकप्टर दुर्घटना भएको हो।

दुर्घटनामा राष्ट्रपति र परराष्ट्रमन्त्रीसहित ९ जनाको मृत्यु भएको थियो।

त्यसपछि इरानमा नयाँ राष्ट्रपतिका लागि निर्वाचन भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .