ad ad

ग्लोबल


गुजरातमा ६ तले भवन ढल्यो, अहिलेसम्म ७ जनाको शव निकालियो

गुजरातमा ६ तले भवन ढल्यो, अहिलेसम्म ७ जनाको शव निकालियो

घटनास्थल। तस्बिर : एएनआई


नेपालखबर
असार २३, २०८१ आइतबार १३:२९, काठमाडौँ

भारतीय राज्य गुजरातको सुरतमा छतले भवन भत्किँदा ७ जनाको मृत्यु भएको छ।

१२ घण्टादेखि जारी उद्धारका क्रममा अहिलेसम्म ७ जनाको शव निकालिएको जिल्ला डीएसपी राजेश परमारले जानकारी दिए।

भग्नावशेष हटाउने काम जारी रहेको प्रहरीले जनाएको छ।

बीबीसी हिन्दीका अनुसार गुजरात सुरतको सचिन पाली गाउँमा ६ तले भवन भत्किएको हो। 

यो घटना शनिबार दिउँसो ३ बजेतिर भएको हो। घर ढल्दा वरपर बस्ने मानिसहरूले भूकम्प आएको हो कि भन्ने सोचेका थिए।

आवाज सुनेपछि मानिसहरू घरबाट बाहिर निस्कँदा नजिकैको भवन भत्किएको देखे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .