ad ad

ग्लोबल


बेलायत चुनाव: प्रधानमन्त्री सुनकद्वारा हार स्वीकार, स्टार्मरलाई दिए बधाई

१४ वर्षपछि बेलायती सत्तामा फर्कियो लेबर पार्टी
बेलायत चुनाव: प्रधानमन्त्री सुनकद्वारा हार स्वीकार, स्टार्मरलाई दिए बधाई

बेलायतका प्रधानमन्त्री ऋषि सुनक (दायाँ) र लेबर पार्टीका नेता कियर स्टार्मर (बायाँ)


नेपालखबर
असार २१, २०८१ शुक्रबार ११:४५, काठमाडौँ

बेलायतका प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनकले चुनावमा आफ्नो हार स्वीकार गरेका छन्।

उनले लेबर पार्टीका नेता कियर स्टार्मरलाई विजयका लागि बधाई दिएका छन्।

उनले भने, ‘बेलायतका जनताले सम्मानजनक निर्णय गरेका छन्। यसबाट धेरै कुरा सिक्न आवश्यक छ। हारको जिम्मेवारी लिन्छु।’

ऋषि सुनकले योर्कशायरको रिचमन्ड सिट भने कायम राखेका छन्।

सिट जितेपछि उनले आफ्नो मन्तव्यमा भने, ‘चुनावमा लेबर पार्टीले जितेको छ। मैले कियर स्टार्मरलाई जितका लागि बधाई दिइसकेँ।’

लेबर पार्टी १४ वर्षपछि बेलायती सत्तामा फर्किन लागेको हो।

यसअघि सन् २०१० को आम चुनावमा कन्जरभेटिभ पार्टी विजयी भएको थियो भने डेभिड क्यामरुन प्रधानमन्त्री बनेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .