ad ad

ग्लोबल


बेलायतमा लेबर पार्टीले कटायो बहुमत, किएर स्टार्मर प्रधानमन्त्री बन्ने पक्का

बेलायतमा लेबर पार्टीले कटायो बहुमत, किएर स्टार्मर प्रधानमन्त्री बन्ने पक्का

किएर स्टार्मर


नेपालखबर
असार २१, २०८१ शुक्रबार १३:३४, काठमाडौँ

बेलायतमा लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किंदै छ। जारी मतगणनामा लेबर पार्टीले सरकार गठनका लागि आवश्यक बहुमत ३ सय २६ सिट संख्या पार गरिसकेको छ। 

किएर स्टार्मरको नेतृत्वमा लेबर पार्टी सन् १९९७ मा ऐतिहासिक विजयतर्फ अघि बढिरहेको छ।

लेबर पार्टीले ३० वर्षअघि अर्थात् १९९७ मा अहिलेसम्मकै ठूलो जित अर्थात् ४१९ सिट जितेको थियो। जतिबेला लेबर पार्टीका नेता टोनी ब्लेयर थिए। त्यस बखत कन्जरभेटिभ पार्टी १६५ सिटमा सीमित भएको थियो। 

एक्जिट पोलको भविष्यवाणी सही साबित भयो भने यसपटक लेबर पार्टीका नेता किएर स्टार्मर ४१० सांसदका साथ प्रधानमन्त्री बन्नेछन्। तथापि यो जित पनि सन् १९९७ को भन्दा त कम नै हुनेछ। 

पछिल्लोपटक सन् २०१० को आम चुनावमा कन्जरभेटिभ पार्टी विजयी भएको थियो भने डेभिड क्यामरुन प्रधानमन्त्री बनेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .