ad ad

ग्लोबल


बेलायतकी पूर्वप्रधानमन्त्री लिज ट्रसले हारिन् चुनाव

बेलायतकी पूर्वप्रधानमन्त्री लिज ट्रसले हारिन् चुनाव

लिज ट्रस


नेपालखबर
असार २१, २०८१ शुक्रबार १३:५२, काठमाडौँ

बेलायतकी पूर्वप्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीकी उम्मेदवार लिज ट्रसले चुनाव हारेकी छन्। उनी साउथ वेस्ट नोर्फोक सिटमा टेरी जेरेमीसँग ६३० मतान्तरले हारेकी हुन्। 

विजयी टेरी जेरेमीले ११ हजार ८४७ मत प्राप्त गरे भने लिज ट्रसले ११ हजार २ सय १७ मत मात्र पाइन्। 

हारपछि ट्रसले भनिन्, ‘धेरै नीतिहरूमा हामीले जनताले अपेक्षा गरेजस्तो प्रदर्शन गर्न सकेनौँ। हाम्रो पार्टी करको दर घटाउन र आप्रवासन घटाउन असफल भयो।’

ट्रसको पराजयबारे बीबीसीसँग कुरा गर्दै गृहमन्त्री जेम्स क्लेभरलीले भने, ‘उहाँको हार निराशाजनक छ। लिज हाम्री साथी र अद्भुत सहकर्मी हुनुहुन्छ।  हामीले हाम्रा गल्तीबाट पाठ सिक्नुपर्छ र सकेसम्म चाँडो सरकारमा फर्कने प्रयास गर्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .