ad ad

ग्लोबल


ट्रम्पसँग भेटपछि नेतान्याहुले भने- युद्ध अन्त्यका लागि हमाससँग वार्ता गर्न तयार छु

ट्रम्पसँग भेटपछि नेतान्याहुले भने- युद्ध अन्त्यका लागि हमाससँग वार्ता गर्न तयार छु

भेटका क्रममा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु।


नेपालखबर
साउन १२, २०८१ शनिबार ११:५८, काठमाडौँ

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध अन्त्यका लागि हमाससँग वार्ता गर्न आफू तयार रहेको बताएका छन्।

अमेरिकाको फ्लोरिडामा पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेपछि नेतान्याहुले इजरायलले सम्भवतः यस हप्ताको सुरुमा वार्ताका लागि आफ्नो प्रतिनिधिमण्डल इटाली पठाउने बताए।

यसैबीच उनले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको बयानमा पनि टिप्पणी गरेका छन्। नेतान्याहुले गाजामा भएको त्रासदीबारे मौन नबस्ने बताएका हुन्।

हमासले केही हदसम्म युद्ध रोक्न वार्ताको मामिलामा अमेरिका र इजरायलबीच कुनै मतभेद छैन भन्ने कुरा बुझेको दाबी नेतान्याहुले गरेको बीबीसीले उल्लेख गरेको छ। 

उनले भने, ‘मलाई लाग्छ, ह्यारिसको टिप्पणीले यसमा कुनै प्रभाव पार्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .