ad ad

ग्लोबल


मोदीलाई भेट्न आतुर मस्क

मोदीलाई भेट्न आतुर मस्क

फाइल तस्बिर


नेपालखबर
चैत २९, २०८० बिहिबार ८:४५, काठमाडौँ

टेस्ला र स्पेसएक्सका मालिक इलोन मस्कले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने बताएका छन्।

उनले सामाजिक सञ्जाल एक्समार्फत मोदीलाई भेट्ने जानकारी दिएका हुन्।

उनले लेखेका छन्, ‘म भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न आतुर छु।’

Looking forward to meeting with Prime Minister @NarendraModi in India!

समाचार एजेन्सी रोयटर्सले स्रोतलाई उद्धृत गर्दै मस्कले भारतमा कारखाना र लगानीका सम्बन्धमा महत्वपूर्ण घोषणा गर्न सक्ने उल्लेख गरेको छ। 

एजेन्सीका अनुसार २२ अप्रिलमा मस्कले दिल्लीमा प्रधानमन्त्री मोदीलाई भेट्न सक्नेछन् भने यसबाहेक भारत भ्रमणका क्रममा उनले भारतमा लगानीका विषयमा महत्वपूर्ण घोषणा पनि गर्न सक्नेछन्। 

इलोन मस्क र मोदीबीच पछिल्लो भेट २०२३ जुनमा न्युयोर्कमा भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .