ग्लोबल


बंगलादेशमा गुडिरहेको रेलमा आगलागी, अहिलेसम्म ४ जनाको मृत्यु पुष्टि

बंगलादेशमा गुडिरहेको रेलमा आगलागी, अहिलेसम्म ४ जनाको मृत्यु पुष्टि

आगलागी भएको रेल


नेपालखबर
पुस २१, २०८० शनिबार १०:५५, काठमाडौँ

बंगलादेशमा गुडिरहेको रेलमा आगलागी भएको छ। 

र्‍यापिड एक्सन बटालियनका मिडिया निर्देशक अल मोइनका अनुसार अहिलेसम्म रेलबाट चार शव निकालिएको छ। 

शुक्रबार राति बेनापोलबाट ढाका जाँदै गरेको रेलमा आगलागी भएको बंगलादेशको दमकल सेवाले जनाएको छ।

ढाकाको कमलापुर रेलवे स्टेसन पुग्नुअघि राति करिब ९ः३० बजे गोपीबाग खाचा बजार क्षेत्रमा रेलमा आगलागी भएको अग्नि नियन्त्रण कक्षले जनाएको छ।

रेलका केही डिब्बामा आगो देखिएपछि रेल रोकिएको र त्यसपछि स्थानीयले आगो निभाउने प्रयास थालेको बताइएको छ। केही समयमै दमकलका धेरै टोली त्यहाँ पुगेका थिए।

यो घटना देशमा आम निर्वाचनको मतदान सुरु हुनुभन्दा करिब ३५ घण्टा अगाडि भएको हो।

आगलागी भएको रेल

कसरी लाग्यो रेलमा आगो? 
ढाका महानगरीय प्रहरी अतिरिक्त आयुक्त महेदुद्दीनका अनुसार आगलागीबाट रेलका तीनवटा डिब्बामा क्षति पुगेको छ। 

र्‍यापिड एक्सन बटालियनका मिडिया निर्देशक अल मोइनले शुक्रबार राति कसैले यो घटना गराएको आशंका गरेका छन्। 

उनले पत्रकारसँग भनेका छन्, ‘यस घटनाको उद्देश्य मानिसलाई त्रसित पार्ने र सामान्य जीवनमा खलल पुर्‍याउने देखिन्छ। जसले यस्तो गरेको छ, उसलाई कानुनको दायरामा ल्याइनेछ।’

उनले यस घटनाको रेलवे अधिकारी र गुप्तचर निकायले अनुसन्धान गरिरहेको जानकारी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .