ad ad

कर्णाली


वीरेन्द्रनगर बजार क्षेत्रका संरचना हटाउन नगरपालिकाको ‘अल्टिमेटम’

वीरेन्द्रनगर बजार क्षेत्रका संरचना हटाउन नगरपालिकाको ‘अल्टिमेटम’

नेपालखबर
भदौ २२, २०७९ बुधबार १२:५६, सुर्खेत

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले मंगलगढी चोकदेखि गणेश चोकसम्मका संरचना हटाउन अल्टिमेटम दिएको छ।

मुख्य बजार क्षेत्रमा सडक स्तरोन्नतीको कार्य भइरहेकाले उक्त क्षेत्र भित्रका रहेका संरचनाहरू तत्काल हटाउन नगरपालिकाले सूचना जारी गरेको हो।

सडक किनाराका दुवैतर्फ रहेका विद्युतका पोल, तारहरू, नेपाल टेलिकमका पोल तथा तारहरू एवम विभिन्न सेवा प्रदायक संस्थाहरूले राखेका तार र पोलहरू हटाउन सात दिने सूचना जारी नगरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले जानकारी दिए।

उनकाअनुसार सडक क्षेत्राधिकार भित्र पर्ने नक्सापास अनुमति नलिई निर्माण भएका स्थायी र अस्थायी भौतिक संरचना पनि हटाउन नगरपालिकाले अल्टिमेटम दिएको छ। 

यस्तै, निर्धारित समयभित्र संरचना नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित कानून अनुसार समयमै हटाउन अटेरी गरेमा कारवाही गर्ने चेतावनी नगरपालिकाले दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .