कर्णाली


कर्णाली प्रदेशको हिउँदे अधिवेशन अन्त्य

कर्णाली प्रदेशको हिउँदे अधिवेशन अन्त्य

नेपालखबर
बैशाख १७, २०८१ सोमबार १८:३९, सुर्खेत

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य भएको छ।

सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्न सिफारिस गरेपछि प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गरेका हुन्।

सोमबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र सभामुख नन्दा गुरुङले पढेर सुनाएकी थिइन्।

३० फागुनबाट सुरु भएको तेस्रो अधिवेशनमा १२ घण्टा ५६ मिनेट गरी कुल ११ वटा बैठक बसेका छन्।

यसै अधिवेशनमा मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिए लिएका छन्।

यस्तै, यो अवधिमा कर्णाली प्रदेशको विद्युत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०, प्रदेश खेलकुद विकास ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विषयगत समितिमा दफावार छलफलका लागि दर्ता भएका छन्।

यस्तै, १५ फागुनमा प्रदेश लोकमार्ग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसंद सचिवालयमा दर्ता भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .