कर्णाली


डोल्पामा एमाले र माओवादी कार्यकर्ताबीच हानाहान, ९ घाइते

डोल्पामा एमाले र माओवादी कार्यकर्ताबीच हानाहान, ९ घाइते

दिनेश बुढा
मंसिर २६, २०७९ सोमबार १६:३४, सुर्खेत

डोल्पामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच हानाहान भएको छ। उक्त हानाहानबाट नौ जना कार्यकर्ता घाइते भएका प्रहरीले जनाएको छ। 

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार राति जगदुल्ला गाउँपालिका–३ थापागाउँस्थित वडा कार्यालय नजिकै झडप हुँदा एमालेका ४ र माओवादीका ५ जना कार्यकर्ता घाइते भएका हुन्। 

झडपमा परी एमाले समर्थित जगदुल्ला गाउँपालिका–३ थापागाउँका ४२ वर्षीय जालपा बोहोरा, ५० वर्षीया शान्ता बोहोरा, ३८ वर्षीया भद्र बोहोरा र सोही ठाउँमा १२ वर्षीया कृष्णजंग बोहोरा घाइते भएका छन्।

यस्तै, माओवादी समर्थित जगदुल्ला गाउँपालिका–३ थापागाउँका ५९ वर्षीया बिर्ख बोहोरा, १८ वर्षका लक्ष्मण बोहोरा घाइते भएका छन्। ५४ वर्षका गोरसिंह बोहरा, १६ वर्षीया पबिन्द्र बोहरा र २१ वर्षका जगत बोहरा घाइते भएका छन्।

मादक पदार्थ सेवन गरेका उनीहरुबीच सामान्य वादविवाद भई झगडा हुँदा घाइते भएका प्रहरीले जनाएको छ। घाइतेहरु कसैको निधारमा, अनुहार र भित्री चोट लागेको प्रहरीको भनाई रहेको छ।  

घाइते सबैको स्थानीय स्वास्थ्य चौकी झ्याकोटमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .