कर्णाली


भूकम्पबाट प्रभावित ६० प्रतिशत नागरिकले राहत पाइसके : कर्णाली सरकार

भूकम्पबाट प्रभावित ६० प्रतिशत नागरिकले राहत पाइसके : कर्णाली सरकार

नेपालखबर
कात्तिक २४, २०८० शुक्रबार १७:४०, सुर्खेत

कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित ६० प्रतिशत नागरिकहरूले राहत पाएको दाबी गरेको छ। कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एंव सरकारको प्रवक्ता कृष्णबहादुर जिसीले दाबी गरेका हुन्। 

मन्त्री जिसीले भूकम्पबाट घाइतेहरूलाई सरकारले हवाई तथा स्लथमार्गबाट तत्काल उद्धार गरि अस्पताल पुर्‍याइएको बताए। 

सरकारले भूकम्प गएको एक हप्ताबो समयमा ६० प्रतिशत पीडित नागरिकहरूले राहत सामाग्री पाएका छन्।

मन्त्री जिसीले भने, ‘भूकम्पका कारण केही घरहरु पूर्ण। आशिंक क्षति भएका छन्। केही घरहरु चर्किएका कारण बस्न लायकका छैनन्। त्यसैले त्यस्ता घरका परिवारका सदस्यहरुलाई राहत सामग्री पुर्‍याउनुपर्ने छ। राहत सामाग्री पनि प्रयाप्त रहेको छ।’

यस्तै, मन्त्री जिसीले भूकम्पबाट प्रभावित स्थानीय तहका नागरिकलाई रातह वितरणका लागि स्थानीय तहमार्फत राहत व्यवस्थापन गर्ने र अपुग सामाग्रीहरू प्रदेश सरकारबाट उपलब्ध गराएको जानकारी दिए।

साथै सबै भूकम्प पीडीतहरूले अबको एक/दुई दिनभित्र राहत पाइसक्ने कर्णाली सरकारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .