फिफा विश्वकप–२०२६ को दोस्रो चरण तथा एएफसी एसियन कप छनोट अन्तर्गत यूएईविरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार युएईविरुद्ध खेल्ने अन्तिम टोलीको घोषणा गरेको हो।
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले युएईसँगको खेलका लागि २३ सदस्यीय खेलाडी छनोट गरेका हुन्।
व्यावसायिक लिगका लागि देश बाहिर रहेका किरण कुमार लिम्बु, रोहित चन्द र मनिष डाँगी उतैबाट टोलीमा सामेस हुनेछन्।
नेपालले समुह एच को पहिलो खेलमा बिहिबार युएईसँग दुबईमा खेल्दैछ। नेपाल रहेको समुहमा युएईसँगै बहराइन र यमनसँग छन्।
यसैबीच शनिबार दुबई जाने टोलीलाई एन्फाले शुक्रबार बिदाई गरेको छ।
यूएईसँगको खेलपछि नेपाली टोलीले मंसिर ५ गते घरेलु मैदानमा यमनसँग खेल्ने तालिका छ।
राष्ट्रिय टोलीः
गोलरक्षकः किरण कुमार लिम्बु, दिप कार्की, अविसेक बराल
डिफेन्डरः सनिस श्रेष्ठ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ
मिडफिल्डरः लाकेन लिम्बु, उत्सव राई, कृतिशरत्म छुन्जु, मनिष डांगी, सेसेहाङ आङदेम्बे, निशान हमाल
फरवार्डः अञ्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, सञ्जिव विष्ट, राजेश परियार
Shares
प्रतिक्रिया