कर्णाली


सोलार बत्ती जडान भएपछि मख्ख बालबालिका

सोलार बत्ती जडान भएपछि मख्ख बालबालिका

नेपालखबर
माघ १८, २०८० बिहिबार २१:३०, काठमाडौँ

चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट (सीएफआरडी) ले जाजरकोट जिल्लाका सामूदायिक विद्यालयका भूकम्प प्रभावित बालबालिकालाई १ हजार थान सौर्य बत्ती वितरण गरेको छ। विद्यार्थीलाई पोर्टेबल बत्ती वितरण गरिएको हो।

सौर्य बत्तीको वितरणले दिगो बिजुली आपूर्ति सुनिश्चित गर्ने अपेक्षा गर्दै विद्यार्थीहरूलाई रातको समयमा अध्ययन गर्न सक्षम बनाउने संस्थाले जनाएको छ।

‘भूकम्पपछिको पीडा भोगिरहेका बालबालिकाले पोर्टेबल सौर्य बत्तीबाट लाभान्वित हुने संस्थाको अपेक्षा छ,’ सिएफआरडीले भन्यो, ‘यो पहलले प्रकोप प्रभावित क्षेत्रहरूमा शिक्षा लिनबाट बञ्चित हुनबाट रोक्छ।’

सौर्य बत्ती बाल्न पाएपछि विद्यार्थीको अध्ययनमा बृद्धि हुनेछ।

यस्तै, विपद् र प्रकोपका कारण नियमित विद्युत आपूर्ति अवरुद्ध भएको क्षेत्रमा पनि विद्यार्थीको सिकाइ जारी राख्न सघाउ पुर्याउँछ। सौर्यबाट चल्ने भएकाले यस्ता बत्तीले कुनै अप्ठेरो गर्दैनन्।

विद्यार्थीको लागि यस्ता बत्ती भरपर्दो, दिगो हुन्छन्। यसैगरी अपर्याप्त ऊर्जा भएका क्षेत्रहरूमा पनि सबै विद्यार्थीको पहुँचमा उज्यालो पुर्याउन सघाउ परेको छ।

जुन प्रकाशमा बसेर अध्ययन गर्दा आँखामा समस्या नआउने, उर्जा खपत् नहुने र थप अतिरिक्त रकम तिर्नुपनि पर्दैन।

सौर्य बत्तीहरू वातावरणमैत्री मात्र होइन ऊर्जा चुनौतीहरूको सामना गरिरहेका समुदायहरूका लागि प्रभावकारी साधन पनि हो।

संस्थाले यस्ता सामग्रीको सहयोगले शैक्षिक असमानतालाई कम गर्न र नेपाली बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्न सहयोग पुर्याउने अपेक्षा लिएको जनाएको छ।

‘हाम्रो यस्ता कार्यले आम विद्यार्थीको व्यापक समर्थन जुटाउँदैछ र अन्य क्षेत्रहरूमा ऊर्जा असमानताहरूलाई सम्बोधन गर्नको लागि एक नमूनाको रूपमा सेवा गर्दैछ,’ सिएफआरडीको भनाई छ, ‘दिगो शैक्षिक समाधानको परिवर्तनकारी सम्भावना पहिल्याउँछ।’

गत महिना फाउन्डेसनले दैनिक उपभोग्य उपभोग्य सामान, खाद्यान्न सामग्री र न्यानो प्याकका २ हजार प्याकेजको भूकम्प राहत सामग्री वितरण गरेको थियो। जाजरकोट र रुकुम पश्चिम जिल्लाका भूकम्पपीडित बालबालिका तथा परिवारलाई १ हजार ९०६ थान खाद्य सामग्री (१२.५ केजी चामल, २ किलो दाल र १ लिटर तेल) र ३६६ थान कम्बल र ज्याकेट वितरण गरिएको छ।

जाजरकोटमा ५.७ म्याग्निच्युडको भूकम्पमा परी १ सय ५३ जनाको ज्यान गएको छ भने ३ सय ७५ जना घाइते भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .