ad ad

कर्णाली


कर्णाली प्रदेशको बर्खे अधिवेशन अन्त्य गर्न सिफारिस

कर्णाली प्रदेशको बर्खे अधिवेशन अन्त्य गर्न सिफारिस

नेपालखबर
असोज १५, २०८१ मंगलबार १६:४५, सुर्खेत

कर्णाली प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको छ। 

मंगलबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

कर्णाली प्रदेशका प्रवक्ता विनोदकुमार शाहले कर्णाली प्रदेश सभाको चालू अधिवेशन २०८१ असोज १५ गते राति १२ बजेबाट अन्त्य गर्न  प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिए। 

यस्तै, उनका अनुसार काठमाडौँ उपत्यका लगायतका देशका विभिन्न स्थानमा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै कर्णाली प्रदेश सरकारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा ५० लाख  सहयोग उपलब्ध गराउने निर्णय समेत सरकारले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .