ad ad

समाज


धनुलाई फलिफापै फलिफाप, मीनको कार्यक्षेत्रमा झगडा पर्ने, तपाईँको के? हेर्नुस् १६ असोजको राशिफल

धनुलाई फलिफापै फलिफाप, मीनको कार्यक्षेत्रमा झगडा पर्ने, तपाईँको के? हेर्नुस् १६ असोजको राशिफल

नेपालखबर
असोज १६, २०८१ बुधबार ४:३७, काठमाडौँ

आज बुधबार, १६ असोज २०८१ (२ अक्टोबर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। रोकिएका काम पुनः सुरु हुनेछन्। मानसिक शान्ति मिल्नेछ। सुरु गरेका काम आरामपूर्वक सम्पन्न हुनेछन्। तर बोलीवचनमा भने संयमता राख्नुपर्ने देखिन्छ।

भाग्यशाली रङ निलो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

वृष : अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। नयाँ काम र शुभ समाचार सुन्न पाइएला। रोकिएको काम पुनः सुरु हुन सक्छ।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

मिथुन : नजिकका व्यक्तिबाट काममा बाधा आउला। स्वास्थ्य प्रतिकूल रहन सक्छ, सचेत रहनु होला। दबाब र तनाव बढेको महसुस हुनेछ। जिद्दीपनाले काम बिग्रने डर छ। साँझमा शुभ समाचार मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कर्कट : लगनशीलताले काम अगाडि बढ्नेछन्। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। तपाईँको लगनशीलतालाई भित्रभित्रै मन पराइएको अवस्था हुन्छ। सेयर बजारले राम्रै साथ दिनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

सिंह : आँटे-ताकेको कार्य पूरा होला। शुभकार्यको चर्चा चल्नेछ। रोकिएका काम सुरु हुनेछन्। नसोचेको ठाउँबाट धनागम हुनेछ। कला तथा प्रविधिको क्षेत्रमा उन्नति हुने देखिन्छ। कुनै कुराले मनमा शान्ति छाउनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

कन्या : हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ। काम गर्ने जोस-जाँगर बढ्नेछ। आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

तुला : आँटेको काममा ढिलासुस्ती हुन सक्छ। किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला। सामानहरू छुट्ने वा हराउने सम्भावना छ। आफूले ठिक मानेर गरेको काममा आफैँलाई सन्तुष्टि मिल्ने छैन। तीर्थाटनको योग छ।

भाग्यशाली रङ सेतो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक : आँटेको काममा फाइदा मिल्नेछ। रमणीय र सुखद यात्राको योग छ। मनोरञ्जनमा सहभागी भइएला। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। बोलीवचनमा संयमता अपनाउनु पर्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

धनु : समाजसेवा गरे लोकमा प्रसिद्ध भइनेछ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइनेछ। प्रेमी वा प्रेमिकाबाट सुख मिल्नेछ। पर्यटकीय भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

मकर : बन्धु बान्धवबाट सहयोग मिल्नेछ। धार्मिक तथा सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ। कसैले लगेको धन फिर्ता गर्न आउनेछन्। धार्मिक तथा ऐतिहासिक महत्त्वको क्षेत्रमा भ्रमण हुन सक्छ। ज्ञान र अध्यात्मको भावना बढ्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

कुम्भ : स्वास्थ्यप्रति सजग रहनु होला। काममा अवरोध सृजना हुन सक्ने सम्भावना रहेकोले सङ्घर्षको सामना गर्नुपर्ने छ। यात्रामा सावधानी अपनाउनु पर्नेछ। साँझमा दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मीन : अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्नेछ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। कार्यक्षेत्रमा अरूले भनेका कुरामा चित्त नबुझ्दा झगडाको स्थिति निम्तिन सक्छ। संयमता अपनाउनु नै बुद्धिमानी हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .