कर्णाली


झगडियालाई सम्झाउन खोज्दा प्रहरीमाथि नै आक्रमण, दुई प्रहरी घाइते

झगडियालाई सम्झाउन खोज्दा प्रहरीमाथि नै आक्रमण, दुई प्रहरी घाइते

नेपालखबर
माघ १५, २०८० सोमबार १०:२०, रुकुम पश्चिम

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका- ३ मा गएराति स्थानीय युवाको समूहले आक्रमण गर्दा दुई प्रहरी घाइते भएका छन्।  

इलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवान महेन्द्रबहादुर शाही र हिमराज खड्का स्थानीय युवाको आक्रमणबाट घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

आइतबार साँझ बाँफिकोट–३ स्यार्पुमा स्थानीयबीच विवाद भएको थियो। उक्त विवादको विषयमा बुझ्न गएको बेला शाही र खड्कालाई स्थानीयले उल्टै आक्रमण गरेका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी धर्मेन्द्र खड्काले जानकारी दिए। प्रहरीद्वयको ढाड र टाउकोमा चोट लागेको छ। 

बाँफिकोट गाउँपालिका–५ का ३४ वर्षीय हिरालाल केसीलाई बाँफिकोट गाउँपालिका–३ का २७ वर्षीय गोविन्द बिक, वडा नम्बर –४ का २२ वर्षीय लक्ष्मण बिक, २० वर्षीय सञ्जु खड्का लगायत एक दर्जनको समूहले कुटपिट गरेपछि विवाद सुरु भएको थियो।

कुटपिटको सूचना पाएपछि घटनास्थलमा पुगेका प्रहरीद्वयले झगडियाहरुलाई सम्झाइ–बुझाइ गर्न खोज्दा उल्टै प्रहरी माथि नै आक्रमण भएको खड्काले बताए। 

घाइते प्रहरीलाई गएराति नै जिल्ला अस्पताल सल्लेमा सामान्य उपचार गरी थप उपचारको लागि नेपालगञ्ज लगिएको छ। प्रहरीलाई आक्रमण गर्ने युवा फरार छन्। उनीहरुको खोजी भइरहेको खड्काले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .