कोशी


भारतीय अबरोधका कारण रोकिएको औद्योगिक वस्तुको आयात सूचारु

भारतीय अबरोधका कारण रोकिएको औद्योगिक वस्तुको आयात सूचारु

नेपालखबर
फागुन २, २०७९ मंगलबार २०:४४, काठमाडौँ

भारतीय पक्षको अबरोधका कारण विराटनगरको एकीकृत भन्सार जाँच चौकी आईसीपीबाट औधोगिक कच्चामाल बस्तुको आयात र निर्यात  पुनः सुचारु भएको छ ।  

गएको एक वर्षदेखि भारतीय कष्टम विभागले मीरगञ्ज पुलबाट मालवाहक सवारी साधान आवत जावतमा रोक लगाउँदा सुनसरीको भन्टाबारीबाट औद्योगिक कच्चा पदार्थ आयात गर्न पर्ने अवस्था रहेको थियो।

जसका कारण तेश्रो मुलुकबाट आउने औद्योगिक कच्चा पदार्थ बोकेका सवारी साधन सुनसरीको भण्टावारी भएर विराटनगर भन्सार आउँदा ११६ किलोमिटर पार गर्नपर्ने अबस्था रहदै आएको थियो।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले भारतीय पक्षले भारतको मीरगञ्जको परमान नदीमाथिको पुलबाट कच्चा पदार्थ बोकेको सावारी सधान आवत जावतमा अनुमति प्रदान गरेसँगै अब सुनसरीको भण्टाबारी हुँदै आउनु पर्ने बाध्यताको अन्त्य भएको बताए।

अध्यक्ष रिजालका अनुसार भारतीय पक्षले गएको शुक्रबार सूचना जारी गर्दै मीरगञ्जको परमान पुलबाट आवतजावत गर्न अनुमति दिएको छ।

दुई महिना अघिबाट पुल सञ्चालनमा आएपनि यसअघि भारतीय पक्षले ठूला सवारी साधान आवत जावतमा रोक लगाएका कारण नेपाली उद्योगका लागि आर्यात गरिएको कच्चा पदार्थ सुनसरीको भण्टावारीको मार्ग प्रयोग गरेर उद्योगी व्यवसायीले कच्चा पदार्थ भित्राउने गरेका थिए।

अब  मीरगञ्जको परमान पुलबाट ४ किलोमिटर दूरी पार गदै कच्चा पदार्थ बोकेका मालवाहाक गाडी विराटनगर भन्सार कार्यालय आउन सक्नेछन्।

भारतीय पक्षले यसअघिको २०२२ जनवरी ११ को सूचनाले जारी गरी मीरगञ्ज पुल भासिएकाले सम्पूर्ण कार्गोको आवत जावत यो नाकाबाट बन्द गरी भीमनगर नाकाबाट सूचारु गरिएको सूचना जारी गरेको थियो।

पुल पूर्ण रुपमा सञ्चालनमा आएपछि अहिले दैनिक दुई सयसम्म मालवाहक सवारी साधान भारतीय कष्टम हुँदै विराटनगर आईसीपीमा आइरहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ।

एउटा मालवाहक सवारी भीमनगर हुँदै ११६ किलोमिटर घुमेर आउँदा १६ हजार रुपैयाँ अतिरिक्त भाडा तिर्नु परिरहेको व्यवसायीले बताएका छन्। मीरगञ्ज पुल भासिँदा एक वर्षमा २२ अर्ब ५० करोडले विराटनगर भन्सारबाट हुने कारोबारमा गिरावट आएको थियो।

जोगवनी नाकाबाट मालवाहक जान नसकेपछि सुनसरीको भण्टावारी नाकाबाट रिरुट भएर आउँदा एउटा कण्टेनरको १६ हजार अतिरिक्त ढुवानी भाडा व्यवसायीले बुझाउँदै आएका थिए। जसको कारण एक वर्षमा व्यवसायीहरुले ११ करोड ५२ लाखको बराबरको अतिरिक्त ढुवानी भाडा तिरेका छन्। 

२०७४ साल बाढीले क्षति पुर्याएको सो पुल मर्मतको वहानामा भारतले पटक–पटक आयात–निर्यात रोक्दा नेपालका उद्योगी मारमा पर्दै आएका थिए। 

०७४ सालमा पनि भारतीय पक्षले मर्मतका लागि भन्दै करिब ८ महिना मीरगञ्ज पुलमा ठूला सवारीसाधन आवतजावत गर्न दिएको थिएन। त्यसपछि पनि ५/६ पटकसम्म यो पुल मर्मत गर्ने, साना सवारी मात्रै चल्न दिने भन्दै आयात–निर्यातमा रोक लगाउँदै आएको थियो।

भारतले वैकल्पिक रुटका रुपमा पछिल्लो समय भेण्टावारीको मार्ग प्रयोग गर्न दिँदै आएको थियो। 

भारतको बथनाहास्थित मीरगञ्ज पुल पुरानो पुल हो। यसको विकल्पमा भारतले सँगै ठूलो पुल निर्माण पनि गरिरहेको थियो।

आरसीसी पुलको निर्माण सन् २००८ मा सुरु गरेर दुई महिनाअघि सञ्चालनमा आएको थियो तर भारतीय पक्षले नेपाल आउने ठूला मालबहाक सवारी साधनलाई सो पुल भएर आवत जानवतमा रोक लगाउँदै आएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .