कोशी


कोशी सरकारले क्रिकेटर ललित र दिपेशलाई नगदसहित सम्मान गर्ने

कोशी सरकारले क्रिकेटर ललित र दिपेशलाई नगदसहित सम्मान गर्ने

नेपालखबर
चैत ६, २०७९ सोमबार १९:१६, विराटनगर

कोशी प्रदेश सरकारले क्रिकेटर ललित राजवंशी र दिपेश कँडेललाई नगद १ लाख ११ हजार १११ नगद सहित सम्मान गर्ने भएको छ। 

कोशी प्रदेश खेलकुद विकास बोर्डको आज बसेको बैठकले नेपाललाई विश्वकपसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै खेलाडीद्वय राजवंशी र कँडेललाई नगदसहित सम्मान गर्ने निर्णय गरेको हो।

खेलकुद विकास बोर्डले जनही १ लाख ११ हजार १११ नगद दिने उपाध्यक्ष जीना कार्कीले जानकारी दिइन्।

यसअघि विराटनगर महानगरपालिकाले पनि क्रिकेटरद्वय राजवंशी र  कँडेललाई जनही एक लाख एक हजारसहित सम्मान गर्ने निर्णय गरेको छ।

राष्ट्रिय टोलीका सदस्य राजवंशी र अन्डर १९ टोलीका सदस्य कँडेललाई सम्मान गर्ने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ।

नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने राजवंशी र अण्डर– १९ विश्वकप छनोटमा यूएईविरुद्ध ह्याट्रिक गरी नेपाललाई विश्वकपसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने कँडेललाई एक लाख एक हजार नगदसहित सम्मान गर्ने निर्णय भएको महानगर प्रमुख नागेश कोइरालाको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .