कोशी प्रदेशसभा बैठक आठ बजेसम्मका लागि स्थगित भएको छ। आधा घण्टाको लागि स्थगित भएको बैठक आजै साँझ ८ बजेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ।
प्रदेश सभा सचिवालयले केहीबेर अघि सूचना टाँसेर प्रदेश सभा बैठक आठ बजे बस्ने जानकारी गराएको छ।
सूचनामा भनिएको छ, ‘कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको आज बसेको प्रथम बैठक ३० मिनेट सम्मको लागि स्थगन भएकोमा विशेष कारणबस स्थगन पछिको आजको बैठकको कारबाहीका लागि मिति २०८०१३र१४ गते साँझ ८स्०० बजे बैठक बस्ने व्यहोरा कोशी प्रदेशको प्रदेशसभा नियमावली, २०७४९पहिलो संशोधन समेत० को नियम ६ को उपनियम ९२० बमोजिम माननीय सदस्यज्यूहरूलाई जानकारीका लागि माननीय सभामुखज्यूको आदेशानुसार यो सूचना प्रकाशित गरिएको छ।’
संसद्मा उठेका प्रश्नको जवाफ तयार पार्न भन्दै हिँडेका मुख्यमन्त्री नआएपछि बैठक सुरु हुन सकेको छैन।
कोशी प्रदेशसभामा आज मुख्यमन्त्री कार्कीले विश्वासको मत मागेका थिए। त्यसपछि स्थगित भएको बैठकको बाँकी काम अघि बढ्न सकेको छैन।
Shares
प्रतिक्रिया