ad ad

कोशी


झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, कन्डक्टरले चलाएका थिए गाडी

झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, कन्डक्टरले चलाएका थिए गाडी

प्रतिकात्मक तस्बिर


नेपालखबर
साउन १, २०८१ मंगलबार ९:३५, बनियानी (झापा)

झापाको कनकाई नगरपालिका-२ स्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा कमल गाउँपालिका-५ का ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए। 

सोमबार बेलुका कनकाई–२ पवित्रा पेट्रोलपम्प नजिक पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश१–०१–००१ख ३४२३ नम्बरको बसले बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको को१९प ६२८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

कन्डक्टरले बस चलाउँदा दुर्घटना भएको बसका चालक र सहचालकले प्रहरीसमक्ष बयान दिएका छन्।

उक्त दुर्घटनामा सुब्बाको दाहिने खुट्टा भाँचिएको थियो भने टाउको र छातीमा चोट गम्भीर चोट लागेको थियो।

घाइते उनको उपचारका क्रममा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा राति ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले बस चालक इलाम माई नगरपालिका-८ का २२ वर्षीय सागर थुलुङ राई र सहचालक विराटनगर महानगरपालिका-२ का १९ वर्षीय दिपेश दर्जीलाई नियन्त्रणमा लिएको छ।

बेलबारीबाट उक्त बस शिवसताक्षी नगरपालिका-६ का २७ वर्षीय बसका कन्डक्टर पुण्य सिटौलाले चलाई ल्याउने क्रममा दुर्घटना भएको जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .