ad ad

कोशी


प्रदेश १ को नामाकरण : संसद् बैठकमै रोएकी मन्त्रीले भोट हाल्न पाइनन्

प्रदेश १ को नामाकरण : संसद् बैठकमै रोएकी मन्त्रीले भोट हाल्न पाइनन्

प्रदेशसभाको गेटमा रोकिएकी मन्त्री लिम्बू । तस्बिर : नेपालखबर


नेपालखबर
फागुन १७, २०७९ बुधबार २१:५७, विराटनगर

जनता समाजवादी पार्टीकी नेता एवम् स्वास्थ्य मन्त्री निर्मला लिम्बु काेशी प्रदेश नामाकरण प्रस्तावकाे लागि  मतदान विभाजनमा सहभागी हुन पाइनन्।

उनी बुधबारको संसद बैठकमा बोल्ने क्रममा कोशी नाम राखेर पहिचान खोसिएको भन्दै रोएकी थिइन्।

मतदान शुरु भएपछि प्रदेश सभामा प्रवेश गरेकी उनलाई मर्यादापालकले प्रदेश सभा बैठकमा जान राेकेका थिए।

मर्यादापालकले प्रदेश सभामा प्रवेशमा राेकेपछि मन्त्री लिम्बू पदेश सभा परिसरबाट फर्केकी थिइन्।

प्रदेश सभा बैठकमा काेशी प्रदेशकाे प्रस्तावमा मतदान हुँदा उनी बाहिरै रोकिइन्।

नेकपा एमाले सांसद रामबहादुर मगरले काेशी प्रदेश नाम प्रस्ताव गरेका थिए। उनले गरेकाे प्रस्तावमाथि मतदान हुँदा बहुमत आएको छ।

प्रदेश १ काे नाम काेशी प्रदेश राख्न गरिएको प्रस्तावको पक्षमा ८२ र विपक्षमा ४ मत परेकाे छ। मतदान प्रकियामा चारजना प्रदेश संसद अनुपस्थित रहे।


प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .