जीवनशैली


मदिरा मात्र होइन, यी खानाले पनि बिगार्न सक्छ कलेजो

मदिरा मात्र होइन, यी खानाले पनि बिगार्न सक्छ कलेजो

नेपालखबर
असार ११, २०७९ शनिबार ११:४६, काठमाडौँ

कलेजको शरीरको एक महत्वपूर्ण भाग हो। यसको मुख्य काम पाचन प्रणालीबाट आउने रगत शुद्धीकरण गर्नु हो।

यसका साथै कलेजो कलेजोले रसायनलाई विषाणुरहित पनि बनाउने काम गर्छ र औषधिलाई मेटाबोलाइज गर्ने काम गर्छ। त्यस्तै यसले फ्याट घटाउने, कार्बोहाइड्रेट जम्मा गर्नेदेखि प्रोटिन बनाउने काम पनि गर्छ। त्यसैले यसको ध्यान राखेर हामी निरोगी जीवन बाँच्न सक्छौं। असन्तुलित जीवनशैली मानिसको कलेजोको लागि मदिरा पिउनु बराबर नै हानिकारक हुन सक्छ। 

कलेजोको रोग वंशाणुगत पनि हुन सक्छ। कलेजोको समस्या धेरै कारणले हुन सक्छ। जसमा भाइरसको आक्रमण, मदिरा सेवन र मोटोपनाजस्ता कारण छन्। कलोजोको समस्या देखिएपछि शरीरमा कमजोरी हुने, भोक नलाग्ने, बान्ता हुने, निद्रा नलाग्ने, थकान महसुस हुने, शरीर आलस्य हुने, अत्यधिक तौल घट्ने, कलेजो सुन्निनेजस्ता लक्षण देखिन्छ। 

यहाँ कलोजोलाई मदिरा जत्तिकै नोक्सानी पुर्‍याउन सक्ने खानेकुराको चर्चा गरिएको छ– 

बर्गर, पिजा, फ्रेन्च फाइज 


कलोजोलाई स्वस्थ राख्न फ्रेन्च फ्राइज, बर्गर र पिजा सकेसम्म कम खानुपर्छ। यस्ता खानामा सेचुरेटेड फ्याट धेरै हुन्छ, यस्ता खाना धेरै खाँदा कलेजोमा समस्या आउन सक्छ। 

प्याकिङमा आउने खानेकुरा 


चिप्स तथा प्रोसेस्ड फुड पनि स्वस्थ कलेजोको लागि राम्रो मानिँदैन। सामान्यरुपमा यस्ता खानेकुरामा चिनी, नुन र फ्याट बढाउने कुरा धेरै राखिएको हुन्छ। 

रातो मासु 


रातो मासु खानु पनि कलेजोको लागि स्वस्थ मानिँदैन। यसमा पर्याप्त प्रोटिन हुने भए पनि कलेजोको दृष्टिकोणले भने यो स्वास्थ्यवर्धक हुँदैन। यसले कलेजोका साथै मस्तिष्कमा पनि नकारात्मक असर पार्न सक्छ। 

गुलियो खानेकुरा अत्यधिक सेवन 


गुलियो खानेकुरा अत्यधिक मात्रामा खानुले पनि कलोजोको समस्या उत्पन्न गराउन सक्छ। अत्यधिक गुलियो खानाले कलेजोमा बोसो जम्ने समस्या हुन्छ। त्यसैले नियमित मात्रामा मात्र गुलियो खानेकुरा खानुपर्छ। 

ड्राइ फुड्स 


 सामान्य मात्रामा ड्राइ फुड्स खाँदा त्यसले फाइदा गरे पनि धेरै मात्रामा यसको सेवन गर्नाले फ्याटी लिभरको समस्या देखिन सक्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .