जीवनशैली


मायालुका लागि मनपर्ने उपहार छान्ने ५ तरिका

मायालुका लागि मनपर्ने उपहार छान्ने ५ तरिका

नेपालखबर
असार २६, २०७९ आइतबार ११:३८, काठमाडौँ

कहिलेकाहीँ आफूलाई मन परेको मानिसलाई कस्तो उपहार दिने भन्ने द्विविधा हुन्छ। सबैको रुचि र चाहना फरकफरक हुन्छन्, त्यसैले सबैलाई एकै किसिमको उपहार मन नपर्न सक्छ। यद्यपि केही कुरामा ध्यान दिएर आफूलाई मन परेको मानिसका लागि सही उपहार छनोट गर्न सकिन्छ। 

१. सानो कुरामा ध्यान दिनुहोस्
सबैभन्दा पहिला आफूलाई मन पर्ने मानिसको सूक्ष्म कुराहरुमा ध्यान दिनु जरुरी हुन्छ। उदाहरणका लागि, तपाईं सँगै किनमेल गर्दै हुनुहुन्छ भने उसलाई पनि सँगै लैजान सक्नुहुन्छ र तपाईँको पार्टनर कुनै वस्तुतर्फ आकर्षित भएको छ वा कुन वस्तुलाई बेवास्ता गरिरहेको छ भन्नेमा ध्यान दिनुहोस्। 

यसरी सही उपहार छनोट गर्न सकिन्छ। त्यसका साथै एक वर्षभर आफ्नो पार्टनरका सामान्य कुराहरु नियालेर त्यसलाई नोट गरी विशेष अवसरमा सही उपहार छनोट गर्न सकिन्छ। 

२. अरुका सुझाव सुन्नुहोस्
उपहार छान्दा कुनै द्विविधा छ भने यस विषयमा जानकार भएका मानिसहरुबाट पनि सुझाव लिन सकिन्छ। सकेसम्म उपहार दिने मानिसलाई राम्रोसँग बुझ्ने मानिसले दिएको सुझाव तपाईंको लागि काम लाग्ने हुन सक्छ। केही मानिसहरुबाट आएको सुझावलाई पनि मनन गर्दै सही लागेको उपहार खरिद गर्न सकिन्छ। 

३. आफूलाई मन पर्ने कुरा नकिन्नुहोस्
कहिलेकाहीँ हामीहरु कसैलाई उपहार खरिद गर्न जाँदा आफूलाई राम्रो लाग्ने कुरा खरिद गर्छौं। तर, तपाईँलाई मन पर्ने कुरा नै तपाईँको साथीलाई मन पर्नुपर्छ भन्ने छैन। 

कतिपय अवस्थामा हामीले अर्कोलाई मन पर्ने कुराको विषयमा बढी आकलन गर्छौं। आफूलाई राम्रो लाग्ने कुराहरु सबैलाई राम्रो लाग्छ भन्ने सोच्छौं। यसो गर्नाले पनि सही उपहार छनोट हुन सक्दैन। 

४. उपहार पाउनेको स्थानमा बसेर सोच्नुहोस् 
उपहार छनोट गर्दा सबैभन्दा पहिला आफूले उपहार दिने मानिसको स्थानमा बसेर सोच्नुपर्ने हुन्छ। आफूले किन्न लागेको उपहार पाउँदा उसलाई कस्तो लाग्ला? भन्नेमा पनि ध्यान दिनुपर्ने हुन्छ। यसरी उपहार छनोट गर्दा पाउने व्यक्ति पनि खुसी हुने सम्भावना हुन्छ। 

५. खुसीको क्षणलाई आधार बनाउनुहोस् 
उपहार खरिद गर्दा अलि धेरै भावुक क्षण सम्झाउनेभन्दा पनि खुसीको क्षण सम्झाउने गरी उपहार खरिद गर्नु राम्रो हुन्छ। यसरी छनोट गरिएको उपहार दिँदा माहोल पनि रमाइलो र अविस्मरणीय बन्न सक्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .