ad ad

जीवनशैली


कपाल स्ट्रेट गराउँदा २६ वर्षीया युवतीको मिर्गौला भयो फेल!

कपाल स्ट्रेट गराउँदा २६ वर्षीया युवतीको मिर्गौला भयो फेल!

प्रतिकात्मक तस्बिर


नेपालखबर
चैत २६, २०८० सोमबार २०:२४, काठमाडौँ

सैलुनमा गएर बारम्बार कपाल स्ट्रेट गराउँदा एक युवतीको मिर्गौला फेल भएको घटना सार्वजनिक भएको छ। 

दि न्यु इङ्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अनुसन्धान रिपोर्टअनुसार कपाल स्ट्रेट गराएकै कारण एक २६ वर्षीया युवतीको मिर्गौला फेल भएको हो। ट्युनिसियाकी ती युवतीको परिचय भने गोप्य राखिएको छ। 

रिपोर्टअनुसार युवतीले जुन २०२०, अप्रिल २०२१ र जुलाई २०२२ मा उक्त सैलुनमा गएर कपाल स्ट्रेट गराएकी थिइन्। 

त्यसअघि उनलाई कुनै स्वास्थ्य समस्या थिएन। तर हरेकपटक सैलुन गएर आएपछि उनलाई बान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने, ढाड दुख्नेजस्ता समस्या देखिन थाल्यो। 

परीक्षणका क्रममा ती युवतीको रगतमा क्रिएटिनिनको मात्रा उच्च र क्रिएटिनिन पिसाबमा चुहिएर मिर्गौलामा समस्या पारेको देखियो। 

जर्नलका अनुसार सैलुनमा कपाल स्ट्रेट गराउन प्रयोग गरिने केमिकलको बारम्बार प्रयोगका कारण महिलाको किड्नी फेल भएको हो। कपाल स्ट्रेट गराउन ग्लायोक्सोलिक एसिडको प्रयोग गरिन्छ।

चिकित्सकले थप अनुसन्धानका लागि मुसामा परीक्षण गरे। मुसामा प्रयोगपछि चिकित्सकले ग्लाइओक्सिलिक एसिडकै कारण महिलाको मिर्गौला खराब भएको निष्कर्ष निकाले। ग्लोक्सिलिक एसिड टाउकाको छालाले सोसेपछि मिर्गौलासम्म पुगेको र यसैले मिर्गोला काम नलाग्ने बनाएको अध्ययनको निष्कर्ष छ।

यस्ता उत्पादनमा ग्लाइओक्सिलिक एसिडको प्रयोगमा प्रतिबन्ध लगाउनु पर्ने युनिभर्सिटी अफ मेरिल्यान्डका मेडिसिन तथा फार्मेसीका सहप्राध्यापक डा. जोशुआ डेभिड किङको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .