साहित्य


सम्राट उपाधिवाला ‘अलौकिक कवि’ ले यसरी लिए साहित्यको हुर्मत

सम्राट उपाधिवाला ‘अलौकिक कवि’ ले यसरी लिए साहित्यको हुर्मत

नेपालखबर
असार २०, २०७९ सोमबार १३:५४, काठमाडौँ

 पोखरामा आइतबार साहित्यका नाममा एउटा अनौठो कार्यक्रम भयो । देशभक्त सिंह नाम गरेका एक व्यक्तिले आफैंले प्रायोजन गरेर १२ वटा उपाधिहरु लिए ।

आफूलाई ‘अलौकिक कवि’ बताउने ती व्यक्तिले आयोजना गरेको कार्यक्रममा विभिन्न १२ वटा उपाधिहरु उनलाई प्रदान गरियो । दोसल्लाको भारी ओढेर उनले ग्रहण गरेका उपाधि र पदवीहरुले साहित्य क्षेत्र तरंगित भएको छ ।

पोखराका पत्रकार अमृत सुवेदी व्यंग्य गर्दै भन्छन्, ‘आफैं प्रायोजन गरेर १२ वटा उपाधिसहित एउटै ब्यक्तिले सम्राट पदवी लिने दुर्लभ महामानव र पदवी दिने प्राडा बस्ने सहर पनि हो, पोखरा ।’

त्यसैगरी साहित्यकार सरस्वती प्रतीक्षा सामाजिक सञ्जालमा लेख्छिन्, ‘मौनतामा शक्ति हुन्छ सोचेर सकेसम्म मौन नै बस्न रुचाउँछु, तर कतिपय दृश्यले बोल्न बाध्य बनाउँछन्। पोखरामा एक कार्यक्रमका माझ एकजना महानुभावलाई सबैखाले उपाधि दिइएछ । ब्यानरमै ‘साहित्यिक राष्ट्रनायक’ रे अझै । उपाधिहरुकै हुर्मत काट्ने गरेर यसरी प्रायोजितरुपमा आफैँलाई/अरुलाई सम्मान गरेर वाङमयको सम्मान हुन्छ कि अपमान ? साधना र सृजना कठिन बाटोको अर्को नाम हो । त्यसलाई यो हदको सस्तो मजाक बनाइनु हुँदैन कदाचित ।’

कार्यक्रममा कथित अलौकिक कविलाई खादा ओढाएर यी उपाधिहरु प्रदान गरिएको थियाे-

१.शब्द सम्राट उपाधि

२.वाङ्मय सम्राट उपाधि

३.साहित्य सम्राट उपाधि

४.सिर्जना सम्राट उपाधि

५.रचना सम्राट उपाधि

६.लेखक सम्राट उपाधि

७.दिव्य गायक उपाधि

८.बहुआयामिक ब्यक्तित्व उपाधि

९.सङ्गीत मणिरत्न उपाधि

१०.युग संचारमणि उपाधि

११.महासाहित्यकार उपाधि

१२.दुर्लभ महामानव उपाधि ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .