साहित्य


बालबालिकालाई यौन दुर्व्यवहारबारे सचेत गराउने बालचित्र पुस्तक ‘रातो घेरो’

बालबालिकालाई यौन दुर्व्यवहारबारे सचेत गराउने बालचित्र पुस्तक ‘रातो घेरो’

नेपालखबर
असार २२, २०७९ बुधबार १४:४९, काठमाडौँ

बाल यौन दुर्व्यवहारबाट कसरी जोगिन सकिन्छ भन्ने विषयको बालचित्र पुस्तक ‘रातो घेरो’ कथालय इन्कले नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरेको छ। 

ख्यातिप्राप्त लेबनानी लेखक समर महफुज मराजले लेखेको यो पुस्तकले सन् २०१५ को अरबी बाल पुस्तक पुरस्कार प्राप्त गरेको थियो।

अरबी बाल पुस्तक पुरस्कार प्राप्त ‘रातो घेरो’ पुस्तकको नेपाली भाषामा अनुवादन कथालायाकी प्रमुख कार्यकारी अधिकृत सुनिती अमात्यले गरेका हुन्। यस पुस्तकमा मोना यजान र मायरा एल माएरका चित्र समावेश छन्। 

वासिम काकाले पार्किङमा रातो रङ लगाउने कुरा सुनेको अभिषको जिज्ञासाबाट सुरु भएको कथामा विशेषगरी बाल यौन दुर्व्यवहारबाट कसरी जोगिने भन्ने विषयलाई जोड दिइएको छ। रातो घेराले निषेधको संकेत गरेको अर्थमा आफ्नो शरीरलाई पनि रातो घेराभित्र रहेको बुझ्नुपर्ने आमाले अभिषलाई सम्झाउँछिन्।

शरीरमा अरुले छुनै नहुने गोप्य अंगहरु पनि छन् भनेर बुझाएपछि अभिषमा थप जिज्ञासा बढ्छ। कसैले दुर्व्यवहारको कोसिस गरे कसरी जोगिने? कस्तो प्रतिक्रिया दिने? कसलाई सुनाउने? यस्तै प्रश्नहरूको जिज्ञासा मेटाउने पुस्तकले अभिभावकलाई पनि सचेत गराउँछ।

लेखक समर महफुज लेबनानी लेखक, कवि, नाटकका, गीतकारका साथै बालबालिकाका पुस्तक अनुवादकसमेत हुन्। उनी शैक्षिक प्रकाशनका निम्ति पनि काम गर्छिन्। उनको पहिलो पुस्तक ‘आई डिड नट मिन इट’ सन् २००७ मा प्रकाशन भएको थियो। हालसम्म उनका ६० भन्दा बढी पुस्तक प्रकाशन भइसकेका छन्।

उनी बालबालिकाका साथै वयस्कका लागि पनि लेखन र प्रशिक्षण कार्याशाला सञ्चालन गर्छिन्। उनी सन् २००७ देखि लेबनानी बोर्ड अन बुक्स फर योङ पिपुल (आईबीबीवाई) को बोर्ड सदस्य छिन्।

उनका माई फ्रेन्ड, बियर्स डन्ट रिड, द अम्याजिङ कार्ड, स्लिपिङ इज सो गुड, ह्वेन माई फ्रेन्ड गट सिक, बाई द क्यान्डल लाइट जस्ता पुस्तकले विभिन्न अवार्ड र पुरस्कार पाएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .