साहित्य


प्राध्यापक गुप्तोको ‘संस्कृति चिन्तन’ प्रकाशित

प्राध्यापक गुप्तोको ‘संस्कृति चिन्तन’ प्रकाशित

नेपालखबर
असार ३०, २०८० शनिबार १८:८, काठमाडौँ

प्रा.डा अरुण गुप्तोको संस्कृति दर्शनसम्बन्धी निबन्धसंग्रह ‘संस्कृति चिन्तन’ प्रकाशित भएको छ।

शनिबार काठमाडौंमा लेखक तथा प्रध्यापकहरू अभि सुवेदी र सञ्जीव उप्रेती तथा समालोचक एवं निबन्धकार कुमारी लामाले किताब सार्वजनिक गरे।

कार्यक्रममा लेखक सुवेदीलाई निबन्धकार/पत्रकार दीपक सापकोटाले ‘पहिलेको काठमाडौं र अहिलेको काठमाडौं बीचको अन्तर’ बारे सोधेको प्रश्नमा उनले पहिलेको काठमाडौं लुप्त भइसकेको, तर अन्तरंगमा भने त्यो जीवितै रहेको बताए।

यहाँका चलन, सांस्कृतिक जात्रा, परिकारलगायतले त्यो संस्कृतिलाई जीवन्त राखेको उनको भनाइ थियो। संस्कृतिको ‘टाइम फ्रेम’ नहुने विश्वास गर्ने उनले पहिरन, संरचना, बनावट, रङ, ध्वनि र कालिक चेतनामा संस्कृति बाँचिरहने धारणा राखे।

यसैगरी उप्रेतीले नेपालजस्तो बहुसांस्कृतिक देशमा राष्ट्रिय संस्कृतिको मानक के हुन्छ भनेर सापकोटाले सोधेको प्रश्नमा एक घटनाको उदाहरण दिँदै प्रस्ट्याए, ‘जनकपुरमा पढ्ने एक विद्यार्थीले शिक्षकलाई सोधेछन्– राष्ट्रिय फूल लालिगुराँस कस्तो हुन्छ? जवाफमा शिक्षकले भने– शिक्षकले गुराँस गुलाफजस्तै एक प्रकारको फूल हो, तर त्यसमा गुलाफको बास्ना हुँदैन।’

उप्रेतीले राज्यले खस संस्कृतिलाई राष्ट्रिय संस्कृति भनेर स्थापित गर्नु गम्भीर त्रुटी भएको आशय व्यक्त गरे।

समालोचक लामाले सहर परिवर्तनशील भएको, तर स्मार्ट सहर नभई सांस्कृतिक सहर निर्माण गर्नुपर्ने बताइन्। लेखक गुप्तोले संस्कृतिसँग जोडिएको पर्यावरण चेतनालाई पनि पुस्तकमा उठान गरेको भनाइ उनले राखिन्। ‘यसमा लेखकको आफ्नै शैली छ, चिन्तनको गहनता छ,’ उनले भनिन्।

संस्कृति चिन्तक तथा अध्येता गुप्तोको नेपाली भाषामा प्रकाशित पहिलो पुस्तक ‘संस्कृति चिन्तन’ लाई इन्डिगो इन्कले प्रकाशन गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .