साहित्य


कविता : जिन्दगी

कविता : जिन्दगी

कविता गौतम
पुस ७, २०८० शनिबार १०:४१, काठमाडौँ

खोला झैँ बग्दै जाने जस्तै न त हो जिन्दगी 
आज भन्दै भोलि भन्दै बिति जाने न त हो जिन्दगी 

चल्दैन एकनासले कहिल्यै पनि बद्लिरहन्छ

स्थिति हेरि चल्नु पर्ने परिस्थिति न त हो जिन्दगी 

खोला झैं बग्दै जाने जस्तै न त हो जिन्दगी 
आज भन्दै भोलि भन्दै बितिजाने न  त हो जिन्दगी 

कहिले सुख आउँछ, कहिले दु:ख आउँछ जिउँदै जाँदा 

दु:ख-सुखलाई समेटदै बग्नै पर्ने दोभान न त हो जिन्दगी 

खोला झैँ बग्दै जाने जस्तै न त हो जिन्दगी 
आज भन्दै भोलि भन्दै बिति जाने न त हो जिन्दगी 

आज यस्तै भयो भोलि त पक्कै राम्रो होला नि भन्दै आशै आशमा बितिजाने आश न त हो जिन्दगी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .