ad ad

साहित्य


लेखक डा पुरण राईका पाँच कृति लोकार्पण

लेखक डा पुरण राईका पाँच कृति लोकार्पण

नेपालखबर
फागुन १२, २०८० शनिबार २०:२, काठमाडौँ

लेखक डा पुरण राईद्वारा लिखित विभिन्न पाँच विधाका पाँच कृतिको एकैसाथ लोकार्पण गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज यहाँ आयोजित कार्यक्रममा डा राईको कथा सङ्ग्रह ‘अस्तु’ कृतिको लोकार्पण गरेका हुन्।
    

सोही कार्यक्रममा डा राईका अन्य कृतिहरु कोभिड दैनिकी ‘डरका बिम्वहरु’, उपन्यास ‘वसन्त रितु’, नाटक ‘लासमाथिको मानवता’ र विश्लेषण ‘आप्रवासी नेपाली कवितामा अलङ्कारविधान’ पनि लोकार्पण गरियो। 
    
मन्त्री किरातीले लेखक डा राईलाई बधाई दिँदै सबै साहित्यकार एवं लेखकलाई समाजवादको विकासका निम्ती कलम चलाउन आग्रह गरे। ‘नेपाली समाजको गर्भभित्र समाजवादको भ्रुणहरु छन्। लेखकहरुले त्यसलाई उजागर गर्नुपर्छ’, उनले भने।

त्रिभुवन विश्वविद्यालयका प्रा डा खगेन्द्रप्रसाद लुइँटेलले ‘आप्रवासी नेपाली कवितामा अलङ्कार विधान’माथि समालोचना गर्दै आप्रवासी नेपाली कवितामा अलङ्कार विधानमा नै केन्द्रित भएर गहन अध्ययनका साथ तयार पारिएको पहिलो शोधप्रबन्ध भएकाले यसको विशेष महत्व भएको धारणा राखे। 

कार्यक्रममा राष्ट्रिय समाचार समिति९रासस० का महाप्रबन्धक सिद्धराज राईले लेखक डा राईलाई शुभकामना व्यक्त गर्दै लेखकको बहुआयामिक व्यक्तित्व लेखनमा झल्किएको बताए। 
    

अनलाइन अभिलेख प्रालिद्वारा प्रकाशित उक्त कृतिमा प्रा डा विष्णु राई, झरना सञ्चारका सम्पादक सोमनाथ दाहाल र डा भक्त राईले समालोचना गरे।
    
नेपाल एयरलाइन्समा कार्यरत लेखक डा राईले उपन्यास र नाटक आफ्नो पहिलो प्रयास भएको सुनाउँदै लेखनका सन्दर्भमा आवश्यक सुझाव र सल्लाह दिने सबैप्रति आभार प्रकट गरे।
        
‘डरका विम्बहरु, विश्वव्यापी महामारी कोभिडले आक्रान्त बनाएका मानिसको कहाली हो’, उनले आफ्नो दैनिकी ‘डरका विम्ब’बारे भने, ‘म पनि हजारौँ मानिस प्रवाह हुने अन्तर्राष्ट्रिय विमानस्थलमा दिनरात खटिने कारिन्दा भएकाले यी कहानीको देखि जान्ने, सुनी जान्ने साक्षी हो।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .