ad ad

साहित्य


नई प्रकाशनले सिक्का र हुलाक टिकट प्रचलनमा ल्यायो

नई प्रकाशनले सिक्का र हुलाक टिकट प्रचलनमा ल्यायो

नेपालखबर
फागुन १९, २०८० शनिबार १८:१३, काठमाडौँ

साहित्य, कला र संस्कृतिको क्षेत्रमा काम गर्दै आएको नई प्रकाशनले एक सय रुपैयाँको सिक्का र दश रुपैयाँको हुलाक टिकट प्रचलनमा ल्याएको छ।

नेपाल राष्ट्र बैंकबाट टकमरी भएको सो सिक्का र हुलाक सेवा विभागबाट १० रुपैयाँ हुलाक टिकट नई प्रकाशनको नाममा प्रचलनमा आएको हो। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल प्रजा प्रतिष्ठानका पूर्वउपकुलपति बैरागी काईंला, समालोचक प्रा. डा. वासुदेव त्रिपाठी र नेपाल राष्ट्र बैठकमा सञ्चालक तथा पूर्वडिपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सो सिक्का र हुलाक टिकटको लोकार्पण गरे। 

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका सञ्चालन शिवाकोटीले कला, साहित्य र संस्कृतिको क्षेत्रमा काम गर्दै आएको नई प्रकाशनलाई सिक्का र हुलाक टिकट प्रचलनमा ल्याएको सफलता हात पारेकोमा बधाईँ ज्ञापन गरेका थिए। 

नेपालमा यसअघि २०६१ सालमा साहित्यको क्षेत्रमा कार्यरत मदन पुरस्कार गुठीले पनि सुनको असर्फी प्रचलनमा ल्याएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .