ad ad

साहित्य


कविता : याद

कविता : याद

नवराज रेग्मी
चैत २, २०८० शुक्रबार १६:४८, काठमाडौँ

पात ओइलाउँदै जान्छ
हात चाउरिँदै जान्छ

बोट हो जीवन निश्चित समयको
साथ पनि त धर्मराउन थाल्छ

मस्तिष्कमा बगिराख्छन् यादहरु

नदीजस्तै जिन्दगी
त्यसै काँप्छन् ओठहरू
बिलाइसके हरखुसी

त्यो चिसो झरना जमेको तलाउ
तिमी धकेल्थ्यौ पर पर 
बौलाउँथेँ आनन्दले– योभन्दा 
ठूलो अरु के छ र!

इन्द्रेणीसँग रङ साटिन्थ्यो खुसीको
बल्थ्यो मुस्कानको दियो
बादल हाँस्थ्यो पानी पार्दै
प्रेमको खास मौसम थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .