ad ad

साहित्य


यी पुस्तकले पाउँदैछन् यसपालिको ‘यशस्वी बुक अवार्ड २०८१’

यी पुस्तकले पाउँदैछन् यसपालिको ‘यशस्वी बुक अवार्ड २०८१’

नेपालखबर
भदौ १५, २०८१ शनिबार २१:५६, काठमाडौँ

यसपालिको ‘यशस्वी बुक अवार्ड २०८१’ विभिन्न विधामा ६ वटा पुस्तकलाई प्रदान गरिने भएको छ। 

देवव्रतको काव्य ‘अस्वस्थामाको निधारबाट बागमती बग्छ’, मुना चौधरीको आख्यान ‘लार’, मोमिला जोशीको गैर आख्यान ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ र अरुण गुप्तोको ‘संस्कृति चिन्तन’ लाई प्रदान गरिने भएको हो। 

गुप्तो र जोशीका आख्यानलाई संयुक्त रुपमा अवार्ड प्रदान गरिन लागेको हो। 

त्यस्तै, रोहिणी राणाको ‘द नेपाल कुक बुक’ र यज्ञराज उपाध्यायको ‘काली कर्णालीको लोक साहित्य तथा संस्कृति’ ले पनि यशस्वी बुक अवार्ड २०८१ बाट अवार्ड प्राप्त गर्दैछन्। 

पुरस्कृत पुस्तक तथा स्रष्टालाई काठमाडौँ कलिंग साहित्य महोत्सवको उद्घाटन सत्रमा जनही रु २० हजार र सम्मान पत्रद्वारा सम्मानित गरिने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .