ad ad

राजनीति


मधेसी जनताले मतको लडाइँ लड्न बाँकी छ : उपेन्द्र यादव

मधेसी जनताले मतको लडाइँ लड्न बाँकी छ : उपेन्द्र यादव

नेपालखबर
भदौ १५, २०८१ शनिबार २२:१९, जनकपुर

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो अधिकारका लागि मधेसी जनता अझै पनि तत्पर रहनुपर्ने आवश्यकता औंल्याएका छ्न।

जसपा नेपालको मधेस प्रदेश कमिटीले जनकपुरधाममा आज आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले मधेस अझै पनि अधिकार सम्पन्न हुन नसकेकाले विभिन्न रुपमा आन्दोलन जारी राख्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे। 

अध्यक्ष यादवले मेचीदेखि महाकालीसम्मका मधेसी जनताले आगामी दिनमा मतको लडाइँसमेत लड्नुपर्ने बताए।

अध्यक्ष यादवले भने, ‘अन्तरिम संविधानमा लेखिएको छ, मधेस प्रदेशसहितको अन्य प्रदेश तर, त्यो कार्यान्वयन हुन सकेको छैन।’

तथापि अब आगामी दिनमा अहिलेको आठ जिल्लाको मधेसलाई समग्र मधेस प्रदेशका लागि मधेसी जनताले मतको लडाइँ लड्न बाँकी रहेको उनले बताए।

यो आठवटा जिल्लामात्र मधेस नरहेको उल्लेख गर्दै नेता यादवले अबको लडाइँ आन्दोलनबाट नभई मतको लडाइँ गर्न तयारी थाल्नुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .