लुम्बिनी


दुई नाबालक छोरासहित एक महिला गण्डक नहरमा हाम फालिन्, खोजी हुँदै

दुई नाबालक छोरासहित एक महिला गण्डक नहरमा हाम फालिन्, खोजी हुँदै

फाइल फाेटाे : गण्डक नहर


नेपालखबर
फागुन ९, २०७९ मंगलबार १९:५९, काठमाडौँ

नवलपरासी (बर्दघाट सुस्तापश्चिम) स्थित गण्डक नहरमा एक महिला आफ्ना दुई नाबालक छोरासहित हाम फालेर बेपत्ता भएकी छन्। 

जिल्लाको सुस्ता गाउँपालिका–२ हरकपुरास्थित गण्डक नहरमा हाम फालेकी महिला र दुवै नाबालकको अवस्था अज्ञात छ।

आज दिउँसो करिब २ बजे महलबारी निवासी तीर्थराम थारुकी श्रीमती २९ वर्षीया प्रतिमा थारुले आफ्ना दुई छोरा ९ वर्षीय क्रिश र ७ वर्षीय सुमितसहित नहरमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयका अनुसार प्रहरीचौकी कुडिया, इलाका प्रहरी कार्यालय बेलाटारी र स्थानीयको सहयोगमा बेपत्ताको खोजी भइरहेको छ। 

हाम फालेर बेपत्ता भएकी महिलाका श्रीमान् हाल रोजगारीका सिलसिलामा भारतमा छन्। घरमा सासूसँगै बसेकी प्रतिमाले नहरमा हामफाल्नुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान र खोजी भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .