लुम्बिनी


माइत आएका बेला राप्ती नदीमा नुहाउन गएकी २० वर्षीया युवतीको डुबेर मृत्यु

माइत आएका बेला राप्ती नदीमा नुहाउन गएकी २० वर्षीया युवतीको डुबेर मृत्यु

नेपालखबर
बैशाख २२, २०८१ शनिबार २२:४२, तुलसीपुर

दाङको देउखुरीस्थित राप्ती नदीमा शनिबार डुबेर एक युवतीको मृत्यु भएको छ। 

लमही नगरपालिका-७ वनघुस्रीस्थित राप्ती नदीमा डुबेर राजपुर गाउँपालिका-२ मटेरिया निवासी २० वर्षीया सरिता चौधरीको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार शनिबार दिउँसो गाउँका धेरै जना नुहाउन गएको अवस्थामा माइत आएकी सरिता पनि नदीमा नुहाउन गएकी थिइन्।

त्यही क्रममा पानीमा पसेकी नाबालिकालाई बचाउन खोज्दा सरिता पानीमा डुबेकी हुन्।

मृतकको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .